जनकपुरधाम, कार्तिक २३ गते
दिदी बहिनीहरु रातीको समयमा खेलिने खेल सामा–चकेवा मिथिलाञ्चलमा प्रत्येक वर्ष खेलिने गरिन्छ । खेल संगै जोडिएको समा चकेवा मिथिलाको महत्वपुर्ण लोक पर्व हो । यो पर्व छठ पर्वको दोस्रो दिन अर्थात आज खरना संगै सुरु हुन्छ । सामा चकेवा पर्व कार्तिक पुर्णिमाको मध्य राति सम्पन्न हुने छन् । यस पर्वका लागि छठ पर्वको खरनादेखि माटाका मुर्ति बनाउने कार्यको थालनी हुन्छ ।यो पर्वमा यसै कथा सँग जोडिएका पात्रहरू शाम्बा(सामा), चकेवा(चारुवाक)का अतिरिक्त शाम्ब, सतभैया, खडरीच, चुगला(चूडक), वृन्दावन, चौकीदार, झांझी, कुकुर(कुत्ता) आदिको माटोको कलात्मक मूर्ति निर्माण गरी बांसको डालामा राखेर दिदीबहिनीहरुले रातीको समयमा यो खेल खेलने गरिन्छ ।
यो खेल रातीको समयमा खास गरी घरको आंगन वा खुल्ला जग्गमा साथी.(सहेली) संग मिलेर खेल्छन दिदीबहिनीहरु । जनकपुर उप(महानगरपालि वाड नं. ४ बस्ने बबिता ठाकुर भन्छिन,दाजभाइु र दिदीबहिनीबीचको आत्मीय प्रेमको प्रतीकको रूपमा मनाइने यो पर्वमा दिदीबहिनीले आफ्नो दाजुभाइको सु–स्वास्थ्य र दीर्घायुको कामना गर्दछन्। दाजुभाइ र दिदीबहिनीको प्रेम प्रतीकको रुपमा रहेको यो पर्व परम्परागतरुपमा भाइटिकाका दिन नै यो पर्व सुरु हुने भए पनि हिजोआज छठ पर्वको पारनको दिनदेखि सुरु गरिन्छ । त्यसका लागि मूर्ति बनाउनका लागि माटो ल्याएर राख्ने भने भाइटिकाकै दिन गरिने भएकाले सोही दिनदेखि यो पर्व सुरु भएको मानिन्छ यादवले भनिन।सामा चकेवा पर्व चलिरहँदा सधैं रातीको समयमा विभिन्न पात्रको प्रतीकको रूपमा बनाइएको माटोका मूर्तिलाई बाँसको टोकरीमा राखी कात्तिक शुक्ल पञ्चमीको साँझदेखि टोलछिमेकका दिदी बहिनीहरू गाउँको बाहिर खुला ठाउँमा एकभित्र भई सामा(चकेवासम्बन्धी गीतहरू गाउँछन् र अभिनय गर्दछन्।यस पर्वका दुईवटा प्रमुख पात्र हुन्छन् एक सामा र अर्को चकेवा । सामा चाहि स्त्री पात्र हुन् भने चकेवा पुरुष पात्र। त्यसैगरी समाजको खलपात्रको प्रतीकको रूपमा चुक्ली लगाउने अर्को पात्र ’चुगला’ पनि हुन्छ।काँचो माटोले बनाइएका मानव, चरा र जनावरलगायतका मूर्तिलाई ‘सामा’ र सोही सामालाई आगोमा पकाएमा त्यसलाई ‘चकेबा’ भनिन्छ ।
भगवान कृष्णकी सुपुत्रीको नाम सामा थियो । भगवान कृष्णले आफ्नी छोरीलाई ‘चरा’ बन्ने श्राप दिएपछि पुनः मानव योनीमा फर्काउनमा सामाका भाइ साम्बले खेलेको भूमिकाको विषय यस पर्वसँग जोडिएको छ ।
सामाकी नोकरानी डिहुलीले सामा बृन्दावनमा घुमघाम गर्न जाँदा ऋषिहरुसँग रमण गर्ने गरेको झुठो कुरा कृष्णसमक्ष लगाइन् । भगवान कृष्ण आवेशमा आएर सामा र बृन्दावनका समस्त ऋषिहरुलाई चरा बन्ने श्राप दिए ।
सामाको भाइ साम्बले यी विषयहरुमा जानकारी पाएपछि आफ्नी दिदीलाई श्रापबाट मुक्त गराउनका लागि घोर तपस्या गरे । तपस्याबाट खुशी भएर कृष्णले सामासहित सवै ऋषिहरुलाई श्रापबाट मुक्त गरे ।भाइले आफ्नी दिदीलाई श्रापबाट उद्धार गरेको उत्वस्वरुप यो पर्व मनाउन थालिएको बताइन्छ ।