जनकपुरधाम, कार्तिक २३ गते
वैश्य कल्याण महासंघ धनुषाले संचारकर्मीलाई सम्मान गरेको छ ।
म्ंगलवार वैश्य कल्याण महासंघ धनुषाले आयोजा गरेको छठ पर्वको शुभकामना आदानमा वैश्य समुदायका संचारकर्मीलाई सम्मान गरेको हो । वैश्य कल्याण महासंघ धनुषाका अमरनाथ गुप्ताको अध्यक्षता तथा प्रदेश नं २का आन्तरिक मामिला तथा कानून मन्त्री भरत साहको प्रमुख आतिथ्यमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा वैश्य समुदायका दर्जनौं संचारकर्मीलाई सम्मान गरेका छन् ।
आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार राजेश्वर नेपाली, उमेश साह, कमल साह पत्रकार शितल साह,प्रविण साह,संदीप साह, प्रमोद साह, विन्द किशोर साह, विपि साह, संजय साह,ओम प्रकाश नेपाली, अकुल प्रसाद साह,किशन साह, मिश्रीलाल मधुकर, अजय साह, विजय साह, ललन साह लगायतलाई सम्मान गरेका हुन ।
उक्त कार्यक्रममा प्रदेश नं २ का प्रदेश सांसद परमेश्वर साह, किशोरी साह ‘कमल’, जनकपुरधाम उपमहानगरपालिकाका पुर्व मेयर बजरंग प्रसाद साह,नेपाल तरुण दल धनुषका उपसभापति राकेश विक्रम साह, वैश्य कल्याण युवा महासंघ प्रदेश नं २ का अध्यक्ष राजु साह लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको उद्घोषन वैश्य महासंघ तथा कानु समाज नेपाल धनुषाका अध्यक्ष राजकुमार साहले गरेका थिए ।