जनकपुरधधाम, कार्तिक २४ गते
प्रद ेश नं २ को अस्थायी राजधधानी जनकपुरधामको ऐतिहासिक तथा धार्मिक लगायतका पोखरीहरु सजिएको छ । छठ पर्वका लागी सो पोखरीहर दुल्ही झै नै सजिएको हो । जनकपुरधामको. ऐतिहासिक तथा धार्मिक पोखरी गंगा सागर, धनुषा सागर, दशरथ तलाउ,विश्हारा पोखरी, अरगजा सागर, लगायतका पोखरीहरु दुल्ही झै सजिएका छन् । पाखरीको घाटमा आर्काषक पंडाल लाइट सहित सजिएका हुन ।
पोखरीको घाटहरलाई स्थानीय युवा कल्बहरुले दर्शनार्थीको लागी दर्शन गर्न सहज होस भने आर्काषक डिजाइनमा सजाएको हो । यता सबै पोखरीहरुको स्थानीय क्लबहरुले नै सजाउन गरेको छ तर अरगजा सागरलाई एक समाजसेवीले सजाएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं १० बस्ने समाजसेवी महेन्द्र प्रसाद साहले अरगजा पोखरीलाई कसैसंग रकम नलिई आफ्नै लगानीबाट दुल्ही झै सजाएका हो । उनले प्रत्येक वर्ष छठको अवसरमा आफ्नै लगानीबाट घाटलाई सजाउने गरेको छ ।समाजसेवी साहले विगत ३÷४ वर्षदेखी नै अरगजा सागरलाई सजाउने गरेको हो ।
उनले अरगजा सागरको चारै कुनामा आकार्षक र भव्य स्वागत द्वार समेत बनाइएको छ । जनकपुरबासीलाई दर्शन गर्न सहज होस भने घाट सजाउन प्रत्येक वर्ष ३÷४ लाख आफ्नो निजी रकम लगाउने गरेको हो । यता समाजसेवी साहले यस्ता धार्मिक कार्य गर्दा उनी चर्चामा छन् । केही व्यक्तिले समाजसेवी साहले अगामी स्थानीय निकायको निर्वाचनमा उम्मेदवार बन्ने भएकोले यस्ता कार्यहरु गर्दै आइरहेका छन् । उनले भने म कुनै निर्वाचनमा उम्मेदवार नहुने जानकारी गराए ।