जनकपुरधाम कार्तिक २४ गते
नेपालमा पछिल्लो सम्बन्धबिच्छेदको घटना बढ्दो क्रममा छ । कतिपय सम्बन्धबिच्छेद श्रीमान् श्रीमती नै नेपालमा भएतापनी एक अर्कासंगको बैमनस्यताको कारणले भएको छ भने श्रीमान् श्रीमतीबीचका अधिकांश सम्बन्धविच्छेद वैदेशिक रोजगारका कारण नै हुने गरेको पछिल्लो तथ्यांकले देखाएको छ ।वैदेशिक रोजगारीमा दुईतीन वर्ष बिताएर घर फर्किएपछि श्रीमान् श्रीमतीको सम्बन्धमा फाटो आउने गरेका कारण सम्बन्धबिच्छेद गर्ने चलन बढ्दो रहेको रहेको देखिन्छ ।
वैदेशिक रोजगारीमा दुईतीन वर्ष बिताएर घर फर्कने पुरुषले श्रीमतीको आचरणमाथि शंका गर्नु, श्रीमान् विदेशमै रहेका बेला श्रीमतीको परपुरुषसँग सम्बन्ध जोड्नुजस्ता कारणले सम्बन्धविच्छेद गर्ने दम्पतीको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।यस्तै श्रीमानको ज्यादतीका कारणले पनि सम्बन्ध बिच्छेद नभएको होईन । तर जनकपुरमा आज अलि फरक घटना देखिएको छ ।
एक श्रीमतीका दुई श्रीमान हो जस्तै देखिएको । एक श्रीमती माथि दुईजनाले आफनै श्रीमती हो भने दावेदारी गरेको घटना सार्वजानिक भएको हो । मोरङ्ग, विराटनगर कटहरी २ का उमेश मलाहले ८ वर्ष अघि सो स्थान बस्ने गीता देवी मलाह संव विहे गरे । विहे पश्चात परिवारको जीवन चलाउन उमेश श्रीमती गीता र दुइ छोरा सहित जनकपुर आए । परिवावारको जीवन चलाउन उमेश र उनको श्रीमती गीता जनकपुरधाम वडानं ४ स्थित शुक्रवारी बजार रहेको मनकामना फर्निचरमा काम गर्न लागेको बताए । काम गर्न लागे पछि सो फर्निचरमा काम गर्ने कठहरी २ कै शिव पासवान संग गीताको प्रेम भयो । केही दिनको लागी उमेश गाउँ गएपछि श्रीमती पासवान प्रेम जालमा फसे । गाउँबाट जनकपुर फर्किएपछि उमेशसको साथ छाडेर पासबाज संग बस्न थाले । आफ्नी श्रीमतीलाई उमेश खोज्दै जाँदा आज पासवान संगै घुमिरहेको भेटे । भेटेपछि उमेशले श्रीमती गीतालाई घर जान आग्रह गरे पनि मानेन । श्रीमतीले अब पासवान संग नै बस्ने र विहे समेत गरेको उमेशलाई सुनाए । त्यस पश्चात उमेश र पासवान बीच जनकपुरधामको महावीर चौकमा धक्का मुक्की भएपछि स्थानीयले सो झगडा छोराए । दुवैको झगडा स्थानीयहरुले छोडाएपनि उमेश र पासवान गीता आफनो श्रीमती हो अडान राखे । त र स्थानीयहरुले दुवैलाई बसाएर सत्य के हो भन्न लागाएपछि पासवान पनछिए । पासवानले पछि आफै हो गीता मेरो श्रीमती होइन उमेश कै हो भन्न थाले । गीता मसंग प्रेम गरेकोले संगै राखेको सुनाए ।