जनकपुरधाम, कार्तिक २७ गते
धनुषाको नगराइनमा ५ दिवसीय झण्डा मेला सुरु भएको छ ।
नगराइन नगरपालिकाको बडा नं. ५ गंगुलीमा संस्कृति संरक्षण सम्वद्र्धन तथा धर्मप्रतिको आस्था कायम राख्न र विश्व कल्याण गर्ने उदेश्यले आजदेखि झण्डा मेला सुरु भएको स्थानीय गंगा मंडलले जानकारी दिएका छन् । श्री श्री १०८ श्री महाविर झण्डा मेला महोत्सव कार्तिक २७ गते देखी ५ दिनसम्म चल्ने छ । महोत्सबको पहिलो दिन आज महाबीरको झण्डा मेलाको अवसरमा बिशाल कलश शोभा–यात्रा निकालिने उनले जनाएको हो । गाँजाबाजा सहित मेला स्थलबाट कलश यात्रा निकालि नगरको बिभिन्न भागको परिक्रमा गर्दै स्थानिय एक पोखरीबाट जल भरेर पुनः मेला स्थलमा पुगि स्थापित गरिने जनाएकोे छ । मेलामा महाविरको झण्डा ७५ फिट अग्लो निर्माण गरिएको मंडलले जनाकारी गराएका हुन ।