जनकपुरधाम, कार्तिक २८ गते
नेपाली कांग्रेसको पुर्व निर्धारित मिति अनुसार प्रदेश नं २ को विभिन्न जिल्लामा अधिवेशन भइरहेको छ । प्रदेश नं २ को धनुषामा पनि धमाधम नेपाली कांग्रेसको अधिवेशन भइरहेका छन् । यसै क्रममा आइतवार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ को अधिवेशनमा दिपक कुमार साह सभापतिमा चयण भएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको अधिवेशनमा साहलाई सर्वसम्मतीले वडा सभापतिमा चयण गरेको हो । वडा नं ४ को उपसभापतिमा अर्जन चौधरी, सचिब प्रमोद साह सह– सचिब महेश कुमार साह, सदस्यहरुमा विकास चौधरी राहल मिश्रा,महिला विजेता झा, किरण झा, विभाालाल कर्ण, गणेश प्रसाद साह, नरेन्द्र लाल कर्ण, सुरेश झा, भरत कुमार साह, अजित राय लगायतलाई चयण गरेका हुन । सभापति साह श्री राम युवा कमिटीको वरिष्ठ उपाध्यक्ष पदमा रही सफलतापुर्वक कार्यकाल चलाइसकेको छ । अहिले पनी सभापति साह विभिन्न संघ संस्थामा आवद्ध रहेको हो ।