जनकपुरधाम, मंसिर १ गते
तीनै तहको निर्वाचन नजिकदै जाँदा विभिन्न राजनीतिक दलहरुले पार्टी प्रवेश कार्यक्रमलाई निरन्तरता दिएको छ । अहिले दिनहुँ प्रदेश नं २ को विभिन्न जिल्लाहरुका राजनीतिक दलले पार्टी प्रवेश कार्यक्रममा बढि केन्द्रित देखिएको हो । नेपाली कांग्रेस, एमाले र जनता समाजवादी पार्टी(जसपा)का नेता तथा कार्यकर्ताहरु लोकतान्त्रिक समाजवादी पार्टी नेपाल(लोसपा)मा प्रवेश गर्न थालेका छन् । यी तिनै दलकाबाट असन्तुष्ट भएर नेता तथा कार्यकर्ताहरु लोसपा रोज्न थालेका हुन । यसै क्रममा नेपाली कांग्रेस, एमाले र जसपाका हजारौं नेता तथा कार्यकर्ताहरु लोसपामा प्रवेश गरेका छन् । पर्सा जिल्लाको विन्दसवानी गाउँपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा स्थानीय प्रभावशाली नेता प्रमोद तिवारीको नेतृत्वमा हजारौंको संख्यामा लोसपामा प्रवेश गरेका हुन । नव प्रवेशीहरलाई धनुषा क्षेत्र नम्बर ३ का सांसद् एवम् लोसपाका वरिष्ठ नेता समेत रहेको राजेन्द्र महतोले टिका र सम्मान सहित स्वागत गरेका छन् । प्रदेश नम्बर २ मा जसपाका नेताहरुले आफनै पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीको मुद्दाभन्दा सत्ता विलासी रहेको आरोप लगाउँदै लोसपामा प्रवेश गरेको हो । उनीहरुले मधेशको समस्या सामाधानको निम्ति अन्य पार्टी सत्ता विलासी भएकोले बैकल्पिक पार्टी लोसपा नै रहेको बताएका हुन ।