जनकपुरधाम, मंसिर १ गते
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले न्यायालयको समस्या समाधान हुने बताएको छ । अहिले न्यायालयको विवाद देशभरी नै चर्चाको विषय बनेकोले १÷२ दिन भित्र नै समस्या समाधान हुने उनले विश्वास व्यक्त गरेका हुन । महोत्तरीको रामगोपालपुर नगरपालिकामा ८ वटा आधारभूत स्वास्थ्य चौक र कोभिड अस्पतालको उद्घाटन तथा जनसम्बोधन कार्यक्रमका लागी आएका अध्यक्ष प्रचण्डले आज जनकपुर विमान स्थलमा संचारकर्मीहरु संग संक्षिप्तमा कुरा गर्दै सो कुरा बताएको हो ।
अध्यक्ष प्रचण्डले मंगलबार ५ दलिय गठबन्धनको समन्वय समितिको बैठकले अदालतमा देखापरेको समस्याप्रति गम्भीर ध्यानाकर्षण भएको बताए ।
यो समस्याको छिटो भन्दा छिटो समाधान होस् भन्ने हाम्रो अपेक्षा रहेको छ,’उनले भने,‘त्यसको निम्ति सबै पक्षले आ–आफ्नो ठाउँबाट समस्या समाधान गर्न पहल गर्ने आशा समेत व्यक्त गरेका छौं। प्रधानन्यायाधिशको विषय अदालतभित्रैबाट सुल्झियोस भनेर आफूहरुले वक्तव्य दिइसकेको हुनाले अहिले त्यो विषयमा बढि बोलिराख्नु नपर्ने समेत उनले बताए । कार्यक्रमहरु गत शनिबार नै आयोजना गर्ने निर्धारण भएपनि प्रचण्ड बिरामी भएपछि स्थगित गरिएको थियो ।