जनकपुरधाम,मंसिर १ गते
धनुषा क्षेत्र नम्बर ३ का सांसद् राजेन्द्र महतोलाई भव्य स्वागत गरेको छ । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता समेत रहेका महतोलाई रौतहट जिल्लाको गौरमा लोसपाका नेता तथा कार्यकर्ताहरुले भव्य स्वागत गरेका छन् ।
आयोजित पार्टी प्रवेश, नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधनका लागी प्रमुख अतिथिको रुपमा गौर पुगेका नेता महतोलाई प्रदेश नं २ का सांसद्, नेता,कार्यकर्ता र स्थानीयहरुले स्वागत गरेको हो । उक्त कार्यक्रममा सांसद् अनिल झा, गौर नगरपालिकाका नगरप्रमुख अजय गुप्ता लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको नेता महतोका स्वकीय सचिब विन्दकिशोर साहले बताए ।