जनकपुरधाम,मंसिर १ गते
खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनामा घोटाला भएको छ ।
पिपरा गाउँपालिकामा खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना धनुषाका प्रमुख सुकेश्वर झाले घोटाला गरेको किसानहरुले आरोप लगाएका छन् । पिपरा गाउँपालिकामा संचालित आयोजनाले किसानलाई दिनुपर्ने उचित अनुदान नदिएको भन्दै किसानहरुले गुनासो गरेको छ । किसानलाई चाहिने अनुदानमा धनुषाका आयोजना प्रमुख सुकेश्वर झा लगायतका कर्मचारीहरुको मिलोमतोमा अनुदानमा समेत घोटाला गरेको किसानहरुले आरोप लगाएका छन् । आयोजना प्रमुख झाले अनुदानको नाममा बजार भन्दा बढि मुल्य लिएर बीउ दिने गरेको र बीउ बिजन समेत कुनै काम नलाग्ने सीता कृषक समूहका रामनरायण यादवकोे भनाइ छ ।उनले हाम्रो समूहले अनुदानका लागी १५ प्रतिशत तिर्ने गरेकै छौं तर सरकारले किसानलाई उन्नत जातको विउ विजन दिने भनिए पनि प्रमुख झाले गुणस्तरीहिन दिन गरेको हो ।
किसानहरुको समूहले प्रमुख झाले आफै मनोमानी ढङ्गले किसानलाई चाहिने अनुदानमा कटौती गर्ने र कमिसनको आफ्नै मातहातका कर्मचारीहरु मार्फत समान वितरण गराउने गरेका छन् । व्यवसायी खेतीको लागी आएको अनुदानको रकम किसानकै खातामा ६ लाख हाल्नु पर्ने तर आयोजना प्रमुखको मिलोमतोमा उक्त रकम खातामा नराखि गुणस्तरीयहीन सामान वितरण गरेको किसानहरुले बताएका छन् । यता किसानहरुले भने गाउँपालिकामा किसानका लागी राम्रो कि हाम्रो गर्नु हुन्छ भने आयोजना प्रमुखलाई केही महिना पुर्व प्रश्न समेत गरिएको थियो । भादौं महिनाको एक कार्यक्रममा गाउँपालिका अध्यक्ष विक्रम चौधरी र उपाध्यक्ष नन्नुदेवी दासको उपस्थितिमा किसानहरुले यो प्रश्न गरिएको थियो । उनीहरुले जुन कर्मचारी कमिसन दिने गरेको त्यलाई बढोत्तरी गर्ने र राम्रो काम गर्नेलाई हटाउनु कदापि स्वीकार गर्दिन जस्ता प्रश्न समेत गरिउको थियो। किसानहरुले भने हर समस्यामा परियोजनामा साथ दिने गरेको कर्मचारीलाई नै हटाउने प्रमुख झाले खेल खेलिरहेको भन्दै किसानसंग अन्याय भइरहेको बताएका छन् । किसानहरुकै लागी आएको परियोजनामा किसानै खुशी हुदैन भने यो परियोजनाको कुन काम जस्ता आयोजना प्रमुखलाई प्रश्न गरेका थिए । किसानहरुको समस्यामा साथ दिने कर्मचारीलाई हटाए परियोजना बन्द संगै कार्यालयमा समेत तालाबन्दी गर्ने किसानहरुले चेतावनी समेत दिदै आएका छन् । धनुषाको धनौजी गाउँपालिका, मुखियापट्टी मुसहरिनया, महोत्तरीको एकडारा गाउँपालिका र पिपरा गाउँपालिकामा यो परियोजना संचालनमा रहेका छन् । यी चारै गाउँपालिकाका किसानलाई चाहिने अनुदान भेटिरहेको छैन । किसानकै अनुदानमा कटौती परियोजना प्रमुख झाले गरेको किसानहरु बताउँछन् ।
यता आयोजना प्रमुख झाले किसानको अनुदानमा कुनै कटौती नगरेको सरकारकै नियम अनुसार नै अनुदान वितरण गरेको बताए । उनले किसानको अनुदानमा कटौती वा बढि मुल्य लिएर सामान वितरण गरेको हो भने उजुरी गर्न सकिन्छ ।