जनकपुरधाम, मंसिर १ गते
प्रदेश नं २ का भौतिक पुर्वाधार तथा विकास मन्त्री रामसरोज यादवलाई घेराउ गरेको छ । नेपाली कांग्रेसका ९० प्रतिशत क्रियासील सदस्यहरुको विरुद्ध अधिवेशन गर्न खोजेको भन्दै उनकै पार्टीका नेता तथा कार्यकर्ताहरु घेराउ गरेका छन् । धनुषाको मुखियापट्टी गाउँपालिकाको वडा नं ५ र ६ को अधिवेशनमा मन्त्री यादवले धाँधली गर्न लागेको आरोप लगाउका छन् । अधिवेशनमा धाँधली गरेको भन्दै पार्टीका नेता तथा कार्यकर्ताहरु मन्त्री यादव विरुद्ध नाराबाजी गर्दै घेराउ गरेको हो । प्रदेश २ नेपाली कांग्रेसको संसदीय दलको नेता एवं भौतिक पूर्वाधार मन्त्री रामसरोज यादवले आफ्नो मान्छेलाई जबरदस्ती नेतृत्व दिने प्रयास गरेपछि कयौँ वडाहरुमा अधिवेशन प्रभावित भएको छ । मुखयिापट्टी मुसहरनिया गाउँपालिकामा मन्त्री यादवले त्यहाँका काँग्रेसी पुराना नेता कार्यकर्तालाई तह लगाउने व्यवहार प्रदर्शन गरेको आरोप कांग्रेसी कार्यकर्ताहरुको छ । वास्तविक कार्यकर्तालाई काखापाखा गरी नातागोतालाई प्रश्रय दिन थालेपछि मन्त्री यादवको विरुद्ध उत्रेको उक नेताले बताए ।