जनकपुरधाम,मंसिर २ गते
हँसपुर नगरपालिकाका प्रशासकीय अधिकृत केशव अधिकारीले कमिसनको आडमा राजनीतिक चलखेल सुरु गरेपछि उक्त चलखेललाई नगर प्रमुख रामज्ञान मंडलले रोक्न खोज्दा अधिकारीले नगर प्रमुख मंडललाई बदनाम गर्न विभिन्न वितण्डना गर्न खोजेको स्थानीयहरुको आरोप छ ।
विगतमा नगरपालिकामा रहेका कर्मचारीहरलाई प्रमुख प्रशासकीय अधिकृत अधिकारीले आर्थिक प्रलोभनमा परी हटाएर आफ्ना पक्षमा मान्छेहरुलाई भर्ना गरेको हो । अधिकृत अधिधकारीले आफ्नो मान्छेलाई नियम विपरित भर्ना गरेपछि विवाद चुलिएको छ । अधिधकृत अधिकारी नगरपालिकामा हाजिर भएदेखि नै मेयर निकटका जनप्रतिनिधि र कर्मचारी विरुद्धका क्रियाकलापहरु गर्दै आएका त्यहाँका कर्मचारीहरु बताउँछन् ।
गएको धनवन्तरी दिवसको दिन मेयर मण्डलको अनुपस्थितिमा कार्यपालिकाको बैठक गरेर कानून विपरित विभिन्न विवादित निर्णयहरु गराएर उनले जनप्रतिनिधिको गरिमामा नै आँच आउने कार्य गरेको वडा नं. ३ का वडाध्यक्ष उदय सिंहले जनाए ।
वडाध्यक्ष सिंहका अनुसार प्रमुख प्रशासकीय अधिकृत अधिकारीले व्यक्तिगत स्वार्थ पूरा गर्नको लागि आर्थिक सहयोग सम्बन्धी विभिन्न निर्णय गरेका हुन् । उनले भ्रमणको लागि छुटट्याएको पाँच लाख रुपैयाँ जनही २५ हजारको दरले नगद वितरण गर्ने निर्णय गराएको आरोप वडाध्यक्ष सिंहले आरोप लगाए ।
उनले मेयर मण्डलसित प्रतिसोध साध्न हिजो मात्रै चार जना नगर प्रहरीलाई हटाएका छन् । प्रक्रिया पूरा गरेर भर्ना गरिएको नगर प्रहरीलाई हटाएर उनले आफ्नो निकटका व्यक्तीहरुलाई काममा लगाएको नगर प्रहरी मुकेश राउतले आरोप लगाए । काममा लगाएका व्यक्तिहरुलाई उनी सुरक्षा गार्डको रुपमा संगै राखेका छन् । सेवाग्राहीसित विवादका कारण पनि उनी पटक पटक विवादमा तानिदै आएका छन् ।
प्रशासनिक जिम्मेवारी सम्हाल्न गएका अधिकारीले राजनीति कार्यक्रमहरुमा समेत सहभागि हुँदै आएका छन् । सम्बन्धित वडाका वडाध्यक्ष समेतलाई जानकारी नदिई कुर्सी वितरण र शिलान्यास गरेर उनी विवादित बनेका हुन् । निर्वाचित जनप्रतिनिधिलाई बाईपास गरेर उनी राजनीतिक अड्चन खडा गर्न खोजेको आरोप वडाध्यक्षहरुले लगाए । सुरक्षाको हवाला दिदै आएका उनी आपैm हंसपुर नगरपालिका वडा नं. ७ स्थित सुनसान स्थल साबिकको क्वारेन्टाइनमा बस्दै आएका छन् ।