जनकपुरधाम, मंसिर २ गते
३१ वर्षिय युवा, कर्मठ तथा इमान्दार नेताको रुपमा नेपाली कांग्रेसको १४ ओं महाधिवेशन अन्तर्गत मंसिर ४ गते हुन लागेको पालिका स्तरीय निर्वाचनमा नगरसभापतिमा उम्मेदवारी दिने घोषना गरेका युवा नेता राकेश विक्रम साह । तत्कालिन पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टीबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेको साह २०७४ कार्तिक २१ गते नेपाली कांग्रेसमा प्रवेश गरी विभिन्न समाजिक संघ संस्थामा आवद्ध भएर जनसमक्ष नेपाली कांग्रेसलाई चिनाउन थप योगदान दिनु भएको छ । त्यस बेला युवा नेता साहले नयाँ शक्ति पार्टी छाडी स्वतन्त्र रुपमा कुकुर छाप लिएर जनकपुर उपमहानगरपालिकाको उपमेयर पदमा चुनाव लडि २ हजार ४ सय ६८ मत मत प्राप्त गर्नु भएको थियो । नेपाली कांग्रेसमा सक्रिय भूमिका निर्वाह गर्दै आउनु भएका साह हाल तरुण दल धनुषाका उपसभापति रहनुभएको छ । सोहि अधिवेशनको सेरोफेरोमा रहेर यस सुचना डायरी डट कमका लागी समसामायिक विषयमा केन्द्रित भएर वीरेन्द्र कर्णले गरेको कुराकानी……..
प्रश्नः– तपाई तरण दलको उपसभापतिमा कहिले आउनु भयो ?
उत्तरः– २०७४ कार्तिक २१ गते नेपाली कांग्रेसमा प्रवेश भई तरुण दलमा लागेको हो ।
प्रश्नः– तपाइको राजनीतिक पृष्ठभूमि के छ ?
उत्तर–२०६३ सालमा भएको मधेश आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको, प्रादेशिक अस्पतालको सेवा सुचारु सम्बन्धमा गरेको आन्दोलनमा पक्राउ परी थुनामा रहेको,जनकपुरको धार्मिक ऐतिहासिक तथा पुरात्वविक सम्पदाहरुको संरक्षण, सम्वद्र्धनमा सक्रिय भूमिका निर्वाह गरेको लगायतका समाजिक संघ संस्थाहरुमा समेत भुमिका निर्वाह गरेको छु ।
प्रश्नः– नयाँ शक्ति पार्टी छाडेर नेपाली कांग्रेसमा लाग्नु को कारण के हो ?
उत्तर– नेपाली कांग्रेसमा समाजवादी चिन्तन भएका व्यक्तिहरु, प्रजातन्त्रवादीहरु, राजनीतिक इतिहास राम्रो रहेको, इमान्दार नेता नेताहरु भएको, पुराना नेताहरु भएको, एजेण्डा राम्रो भएको राष्ट्रिय स्तरको पार्टी भएकोले अन्य पार्टीै छाडेर नेपाली कांग्रेसमा लागेका हुँ ।
प्रश्नः– नेपाली कांग्रेस भित्र तपाईको योगदान के छ ?
उत्तरः–कांग्रेसको व्यानर मुनि रहेर संगठन विस्तार गरेको,समाज परिवर्तनको लागी विभिन्न क्रियाकलाप गरेको, कोभिड–१९ को समयमा गरिव,विपन्न तथा असहाय व्यक्तिहरुलाई खाद्यन्न लत्ताकपडा वितरण गर्नृका साथै त्यो बेला मरेका व्यक्तिहरुको लास समेत उठाएर समाजमा उदाहरणिय काम गरेको कसैसंग लुकेको छैन ।
प्रश्नः–यो निर्वाचनमा तपाईलाई नै मत दिनुपर्ने कारण के?
उत्तरः–मैले विगतमा गरेको सकारात्मक कामहरु संगठन विस्तार गरेको र युवाहरुलाई कांग्रेस तर्फ आकार्षित गराएकोले मलाई मतदाताहरुले मत दिने छन भन्ने विश्वास लिएको छु ।गाउँ गाउँ टोलटोलमा गएर जनचेतना मुलक कामहरु गरेको, पार्टी विस्तार गरेको आर्थिक समाजिक रुपान्तरणको साथै भ्रष्टचार विरद्धमा समेत सक्रिय भुमिका निर्वाह गरेको समेत उहाँले जानकारी गराउँनु भयो ।
प्रश्नः–तपाईलाई पुराना कांग्रेसीहरुले मन पराएको छैन तँ ?
उत्तरः–कांग्रेस भित्र रहेको राजनीतिक गर्ने ढेकेदार प्रवृतिका व्यक्तिहरुले भने विश्वास गरेको छैन जुन गलत हो । रुढीबादी प्रवृतिका व्यक्तिहरुको पनि उपस्थिति रहेकोले उनीहरुले मेरो उम्मेदवारीलार्य मन पराएको छेन ।
प्रश्नः–तपाईले उम्मेदवारी दिने घोषना गर्नुभयो तर चुनौतीहरु के के छन् ?
उत्तरः–सत्ता नयाँ पुस्तामा हस्तान्तरण भएन भने त्यो बाटो बन्द भएर जान्छ र त्यहाँ फोहरहरु जम्मा भएर आउँछ । त्यसकारण खाँसगरी गलत क्रियाकलापमा लागेका व्यक्तिहरु आफूलाई डयामेज गर्न खोजेको छ । कमिसन खोर, भष्ट्रचारीहरुले मेरो उम्मेदवारीलाई भने मन पराएको छैन । त्यस्ता व्यक्तिहरुको कारण मेरो अगाडी चुनौतीहरु थपिएका छन् ।
उहाँले युवा पुस्तालाई हेर्ने दृष्टिकोणमा नेताहरुले परिवर्तन गर्नुपर्ने, प्रयाप्त जनसमर्थन भएकोले युवा पुस्ता परिवर्तन चाहेको छ र मैले विगतमा गरेको राम्रा कामहरु, समाजमा देखिएको भूमिकालाई मुल्याङ्गन गर्दै मतदाताहरुले आफूलाई नै मतदिन सबैसंग आह्वान गर्दैे अनि मात्र अबको नेतृत्व युवा पुस्तामा जानेछन् ।