जनकपुरधाम, मंसिर ५ गते
माँ जानकी जनकपुरधाम यातायात प्रा.लिको अध्यक्ष पुनः मनोज कुमार चौधरी निर्वाचित भएको छ । नयाँ नेतृत्वका लागी माँ जानकी जनकपुरधाम यातायात प्रा.लिको अध्यक्षमा चौधरी निर्वाचित भएको हो । शनिवार नयाँ नेतृत्वका लागी जनकपुरधाम उपमहानगरपालिका वडा नं ७ स्थित यातायात प्रा.लिको सभा हलमा भएको निर्वाचनमा अध्यक्ष चौधरीको पुरा प्यानल निर्वाचित भएका छन् । अध्यक्ष चौधरीको प्यानलमा नरेश साह, मायानन्द झा,सुनिल कुमार मिश्र, मोहन कुमार पाण्डे,धर्मनाथ मंडल,अशोक कुमार साह, देवेन्द्र यादव,सुनिल कुमार जलान निर्वाचित भएका हुन । अध्यक्ष चौधरी लोकतान्त्रिक समाजवादी पार्टी नेपाल(लोसपा) का नेता समेत हो ।