जनकपुरधाम, मंसिर ६ गते
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नगर अधिवेशनमा सबै सर्वसम्मत नेतृत्व चयण गरेको छ । जनकपुरधाम उपमहानगरपालिकामा पार्टीको नयाँ नेतृत्वका लागी नगरमा सर्वसम्मतबाट पदाधिकारीलाई चयण गरेको हो । आइतवार भएको जउनपाको नगर अधिवेशनमा नगरसमापतिमा मनोज कुमार साह र उपसभापतिमा राकेश विक्रम साहलाई सर्वसम्मतीबाट चयण गरेका छन् । पार्टी उपसभापति विमेलेन्द्र निधिको पहलमा सभापतिमा मनोज र उपभापतिमा राकेश निर्विरोध भएको हो।यसअघि नगरसभापतिका लागि राकेश विक्रम साहले पनि दाबेदारी गरेका थिए। तर, नेता निधिको अथक प्रयासले राकेशलाई उपसभापति बनाउने सहमतिपछि उनी पछि हटेको बताइएको छ।