जनकपुरधाम,मंसिर ८ गते
रेल सञ्चालनको मांग गर्दै जनकपुरमा प्रदर्शन गरेको छ ।
विवाह पञ्चमी मेलाको मध्य नजर राख्दै लोकतान्त्रिक समावादी पार्टी नेपाल(लोसपा)ले जयनगर, जनकपुर र कुर्था रेल सञ्चालनको मांग गर्दै आज जनकपुरमा प्रदर्शन गरेको हो । विवाह पञचमी मेलामा नेपाल र भारतबाट लाखौंको संख्यामा श्रद्धालुभक्तजनहरु आउने गरेकोले मेला भन्दा पहिला रेल सञ्चालन हुनुपर्ने मांग राख्दै लोसपाका नेता तथा कार्यकर्ताहरुले नगरमा प्रदर्शन गरेका हुन ।
रेल मेला भन्दा पहिला संचालनको मांग गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई लोसपाका नेता तथा कार्यकर्ताहरुले ज्ञापन पत्र बुझाएको हो । प्रर्दशन कार्यक्रममा लोसपाका प्रदेश सांसद् सुरिता साह, नेता संजय सिंश, मनोज कुमार चौधरी, संजय चौधरी,सुदर्शन सिंह, उमेश मंडल, हँसपुर नगरपालिकाकी उप मेयर रेणु झा, नेतृ विभा ठाकुर, विन्दु ठाकुर लगायतको उपस्थिति रहेको थियो ।