जनकपुरधाम, मंसिर ८ गते
जनकपुरधाम उपमहानगरपालिकामा एक नयाँ वडा कार्यालयको उद्घाटन गरेको छ ।
विशिवार जनकपुरधाम वडा नं १६ मा नयाँ वडा कार्यालयको एक भव्य समारोहबीच उद्घाटन गरेको हो ।
कपिलेश्वर वडा नं १६ स्थित मनकामना सिद्ध हनुमान मन्दिर नजिक निर्माण गरिएको नयाँ वडा कार्यालयको उद्घाटन गरेका हुन । नयाँ कार्यालय निर्माण भएपछि यस क्षेत्रका नागरिकलाई देनिक सेवा दिन अब धेरै सजिलो भएको वडा अध्यक्ष रामअशिष पजियार बताए । नव निर्माण गरिएको वडा कार्यालय निर्माणमा कुल ४६ लाख लागेको अध्यक्ष पजियारले जानकारी दिए । निर्माण गरिएको कार्यालयमा एक हँल, १२–१५ को कोठा, शौचालय, कम्पाउण्ड सहित सुविधा समपन्न वडा कार्यालय निर्माण गरिएको हो । राम अशिष पजियारको अध्यक्षमा आयोजित कार्याक्रममा जनकपुरधाम उपमहानगरपालिकाको नगर प्रमुख लाल किशोर साह र उपप्रमुख रीता झाले संयुक्त रुपमा नव निर्मित वडा कार्यालयको उद्घाटन गरेका हुन । कार्यक्रममा लोसपाका नेता संजय सिंह, संजय चौधरी,वडा नं ३ का अध्यक्ष दिपेन्द्र साह,पूर्व वार्ड अध्यक्ष बिक्रम पजियार, युवा समाजसेवी अमर पजियार, वार्ड नं.१६ का वार्ड सदस्य धनजीत मण्डल, किशोरी राउत भेडि़यर,शीलादेवी भगत, शावीत्री देवी दास सहितले शुभकामना मन्तव्य राखेका थिए ।