जनकपुरधाम, मंसिर ११ गते
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नं (३–ख)अधिवेशनमा सर्वसम्मत नेतृत्व चयण गरेको छ । पार्टीको नयाँ नेतृत्वका लागी धनुषा क्षेत्र नं (३–ख)सर्वसम्मतबाट पदाधिकारीलाई चयण गरेको हो । शुक्रवार भएको अधिवेशनमा क्षेत्रिय सभापतिमा रामचन्द्र पजियार र सचिबमा जितेन्द्र प्रसाद साहलाई सर्वसम्मतीबाट चयण गरेका छन् । पार्टी उपसभापति विमेलेन्द्र निधिको पहलमा सभापति पंजियार मनोज र सचिब साह निर्विरोध भएको हो। उपसभापतिमा सुरेश झा,उपेन्द्र यादव सचिबमा अर्का रुपेश ठाकुर सह–सचिबमा दिपेन्द्र कुमार झा,शुशिल शर्मालाई सर्वसम्मतीबाट चयण गरेका छन् । यसैसंग प्रदेश अधिवेशन प्रतिनिधिलाई समेत सर्वसम्मतीबाट चयण गरेको हो ।