जनकपुरधाम, मंसिर १७ गते
सीताराम विवाह महोत्सव(विवाह पञ्चमी)को मध्यनजर राख्दै आज देखी जनकपुरमा मांस मदिरामा रोक लगाएको छ । जनकपुरधाम उपमहानगरपालिकाले एक सूचना जारी गर्दै जनकपुरधाम नगर क्षेत्र भित्र माछा, मासु, मदिरा तथा लागुपदार्थ सेवन र विक्री वितरणमा रोक लगाएको हो । नागरपालिकाले जारी गरेको सूचनामा मंसिर १७ गते देखी २६ गतेसम्म नगर क्षेत्रमा माछा, मासु, मदिरा तथा लागुपदार्थ विक्री वितरणमा रोक लगाएका हुन । शुक्रबारदेखि सुरु हुन लागेको राम–जानकी विवाहपञ्चमी महोत्सवलाई ध्यानमा राख्दै मंसिर २६ गतेसम्म माछा–मासु, मदिरा तथा लागुपदार्थ सेवन तथा बिक्री–वितरण गर्न पूर्ण निषेध गरिएको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए । जनकपुर नगरदर्शनबाट सुरु हुने विवाहपञ्चमी महोत्सव रामकलेवा गरेसँगै मंसिर २६ गते सम्पन्न हुनेछ ।