जनकपुरधाम, मंसिर १७ गते
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरर्गत हुन लागेको प्रदेश अधिवेशनका सभापतिमा कृष्णा यादवले उम्मेदवारी दिने घोषना गरेको छ । आज जनकपुरधाममा पत्रकार सम्मेलन गरी यादवले प्रदेश २ अधिवेशनका लागी सभापति पदका लागी उम्मेदवारी दिने बताए ।प्रधानमन्त्री शेरबहादुर देउवाको समूहबाट यादवले उम्मेदवारी घोषणा गरेका छन् ।नेपाली काँग्रेसलाई प्रदेश २ मा थप मजबुत बनाउने लक्ष्यका साथ आफूले सभापति पदमा उम्मेदवारी दिन लागेको यादवले बताए । उनले आफू प्रदेश सभापति पदमा जितेपछि यस प्रदेशमा पार्टीलाई पहिलो नम्बरको पार्टी बनाउने दावी गरेका छन् रौतहट स्थायी घर भएका कृष्णा दोस्रो पटक जिल्ला सभापति भइसकेका छन् । २०३६ सालदेखि नै आफू बहुदल निर्दलमा लागिसकेको व्यक्ति रहेको उनले बताए ।
२०५६ सालमा महासमिति सदस्य भएका उनी २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनको समयमा उनी रौतहटको निर्वाचन क्षेत्र नम्बर–४ बाट संविधानसभा सदस्य बनेका थिए । २०६७ र २०७२ सालमा रौतहटको जिल्ला सभापति बनिसकेका उनी अहिलेसम्म आफू पार्टीको क्रियाकलाप र सम्पूर्ण गतिविधिमा निरन्तर संलग्न रहेको बताए ।पार्टीका महोत्तरी सभापति महेन्द्र रायले पनि सभापतिमा उम्मेदवारी दिने चाहना राखेका थिए । पछि सहमती भएपछि उनले कृष्ण यादवलाइ समर्थन गरेका छन् । यादवले उम्मेदवारी घोषण गरिरहँदा उनीसंग कांग्रेस निवार्चन समिती प्रदेश २ का संयोजक समेत रहेका कांग्रेसका नेता रमेस रिजाल, केन्द्रिय सदस्यहरु महेन्द्र यादव, आनंन्द प्रसाद ढुङानालगायतकाले आफुहरुको समर्थन कृष्ण यादवलाइ रहेको बताए ।