जनकपुरधाम, मंसिर १८ गते
कांग्रेस महोतरी क्षेत्र नम्बर ३ को अवैद्यानिक तरिकाले पदाधिकारीहरू चयन गरिएको आरोप लगाउंदै अधिवेशन रद्द गर्न मांग गरिएको छ ।
शनिवार दिउंसो जिल्ला सचिव शम्भु पाठक लगायतका नेताहरूले एक पत्रकार सम्मेलन गरि निर्वाचन अधिकृतलाई अपहरण गरि बलजफ्ती पदाधिकारी तथा महाधिवेशन प्रतिनिधि चयन गरी प्रमाण पत्र दिएकोले त्यसलाई रद्द गरि निर्वाचन प्रक्रियाबाट अधिवेशन गर्न मांग गरेका हुन ।
उनले भने मंसिर १५ गते उद्घाटन सत्र सम्पन्नपछि विवाद र झडप हुंदा बन्द सत्र स्थगित गरी १६ गते बस्ने तय गरिएको थियो, सोहीबीचमा १७ गते रामचन्द्र तिवारी समुहका व्यक्तिहरूले निर्वाचन अधिकृतलाई अपहरण ढल्केवरको एक होटलमा बलजफ्ती प्रमाणपत्रमा हस्ताक्षर गराई अवैधानिक रूपमा अधिवेशन सम्पन्नको घोषणा गरेका हुन ।
सचिव पाठकले सो अधिवेशन रद्द गरी पुनः निर्वाचन प्रक्रियाबाट पदाधिकारी र प्रतिनिधि सम्बन्धित ठाउंमा गराउन मांग गरेका छन । उनले घटना बारे जिल्ला र केन्द्रीय निर्वाचन कार्यालयलाई जानकारी गराइसकेका छौ, यदि रद्द गरिएन भने संघर्षमा जाने चेतावनी समेत दिएका छन ।
यसअघि आफूलाई बन्धक बनाई बलजफ्ती प्रमाण पत्र लिएको भन्दै महोत्तरी क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत धिरेन्द्र मण्डलले राजीनामा दिएका छन ।
उनले जिल्ला निर्वाचन अधिकृतको नाममा पत्र लेखेर निर्वाचनलाई सदर गर्न आफूलाई घरबाट अपहरण शैलीमा लगेर प्रमाण पत्र लिएकोले सो प्रमाण पत्र रद्दको मांग गर्दै राजीनामा दिएको जनाएका छन ।
पौडेल समुहका राघवेन्द्र झाको नेतृत्वमा कार्यसमिति र प्रतिनिधि निर्विरोध चयन भएको दाबी गरेका छन । उनीहरूमाथि अवैधानिक तरिकाले सदर गराएको आरोप लागेको छ ।
सो क्षेत्रिय समितिको सचिवमा रुद्रकिसोर कुवर, राजकुमार पाण्डे, सह(सचिवमा दिलिप चौधरी र विनय मंडल चयन भएको दाबी गरिएको छ । सदस्यहरुमा शत्रुधन शर्मा, दिलिप कुमार साह,रत्नेश्वर मिश्र, पुनम देवी ठाकुर सहितका व्यक्तिहरु चयन भएको भनिएको छ ।
त्यसतै महाधिवेशन प्रतिनिधिहरुमा रामचन्द्र तिवारी , नरेन्द्र प्रसाद मिश्र, बजरंग नेपाली, विजय यादव , नविन कुमार सिंह, इश्वर नारायण पाण्डे, मदन चौधरी , डा। गरिबदास ठाकुर, राम किशोर यादव, परवेन्द्र कुमार पाठक, वैधनाथ मंडल, अनिता देवी शर्मा , जानकी देवी , रशमी ठाकुर, सकुन्तला देवी, निलम देवी यादव, सरिता मिश्र, मनोज कुमार झा , रामतेज मिश्र, श्याम चौधरी, श्रृजनादेवी माझी, रौदी पासवान, खुरसेद मिया, अमना खातुन र लवराजा सिंह सर्वसम्मत चयन भएको दाबी गरेका छन् ।
महोत्तरीको बाँकी ३ वटा क्षेत्रमा अधिवेशन सम्पन्न भई नेतृत्व चयन भइसकेको छ । क्षेत्र नम्बर–१ मा महेश झा, क्षेत्र नम्बर–२ मा राजकरण साह र क्षेत्र नम्बर–४ मा उत्तिम यादव सर्वसम्मत चयन भईसकेका छन् ।