जनकपुरधाम, मंसिर १८ गते
नेपाल पिछडावर्ग (OBC) महासंघ कुनै राजनिति पार्टीसंग आबद्ध नभएको दाबी गरिएको छ ।
शुक्रवार भरत प्रसाद महतोको नेतृत्वमा ओबीसी महासंघ जनता समाजवादी पार्टीमा आबद्ध भई भातृ संगठन बनेको भोलीपल्ट शनिवार यस्तो दाबी गरिएको हो ।
महासंघका महासचिव बबिता पुर्वे र सचिव महेन्द्र साहले संयुम्त रूपमा एक पत्रकार सम्मेलन आयोजना गरि ओबिसी महासंघ एउटा स्वेछिक निर्दलिय संगठन रहेकोले जसपाको भातृसंगठन बनेको कुरा गलत रहेको संगठनलाइ बदनाम गर्न केही व्यक्तिले कार्य बताए ।
महासचिव पुर्वेले भनिन जुन व्यक्ति भरत महतोको नेतृत्वमामा महासंघमा गएको भनिएको छ त्यो महासंघको पदमा नरहेको र विगतामा करोडौ रूपैयाको भ्रष्टाचार आरोप लाग्दा संस्थाबाट निकालिएको व्यक्ति हो ।
संचारकर्मीको जिज्ञासामा उनले भनिन २०७३ सालमा १६ करोडभन्दा बढीको भ्रष्टाचार ठहर भई कारवाहीका लागि राष्ट्रिय सर्तकता केन्द्रबाट सिफारिस गरिएका व्यक्ति हुन भरत महतो, यस्ता व्यक्ति संस्था बदनाम गर्न जसपामा गएका हुन ।
पत्रकार सम्मेलनमा सचिव महेन्द्रले ओबीसी महासंघ कुनै दलको भातृ संगठन नबनेको प्रष्टयाउंदै विगत भ्रष्टाचारी ठहर भएका महतोलाई कारवाही गर्न सम्बन्धित निकायसंग मांग गरेका छन ।