जनकपुरधाम, मंसिर २० गते ।
जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लाल किशोर साहलाई भ्रष्ट नगर प्रमुख भन्दै पुतला दहन गरेको छ । सीताराम विवाह पञ्चमी महोत्सवपूर्वसम्म पनि जनकपुरधाम पूर्णरुपेण सरसफाई नभएको र भष्ट्र नगर प्रमुख भन्दै जनप्रतिनिधिहरुले जनकपुरधाम नगर प्रमुख लालकिशोर साहको विरोधस्वरुप पुत्ला दहन गरेका छन् ।सीताराम विवाहपञ्चमी महोत्सवको पूर्वसन्ध्या भगवानको डोला लिएर परिक्रमा मार्ग स्थल नै सरसफाई भएको र श्रद्धालु भक्तजनलाई कठिनाई हुने जानकारी सम्बन्धित निकायले जानकारी गराएपनि बेवास्ता गर्दा समेत दुर्गन्धित फोहोर सरसफाई नगरेकाले पुत्लदहन गरेका हुन् ।जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जानकीराम साहले एक महिनापूर्व देखि नै नगर प्रमुख लालकिशोर साहलाई जानकारी गराउँदा समेत नहटाएकाले बाध्य भएर पुत्लादहन गरेको बताए ।उनले जनकपुरधाम वडा नम्बर ७ र ४ मा एक महिनादेखि फोहोर उठाउनका लागि गाडी नपठाएको बताए ।जानकी मन्दिरको पहलमा जनकपुरधाम उपमहानगरका नगर प्रमुख लालकिशोरले विवाह पञ्चमीको अवसरमा सरसफाई अभियान चलाएपनि अहिले पनि विभिन्न सडकमा फोहोरको डुंगुर थुपारिएकै छ ।