जनकपुरधाम, मंसिर २१ गते
भोलि (बुधवार) पुष्प अर्पन गरिने भएको छ ।
विवाह पञ्चमी(विवाह महोत्सव) को शुभ अवसरमा भोलि हेलिकप्टरबाट पुष्प अर्पन गरिनेछन् । त्रेताकाल देखी नै सीताराम विवाहको सम्झनामा जनकपुरधाममा मनाउँदै आइरहेको विवाह महोत्सव( विवाह पञ्चमी) का दिन हेलिकप्टरबाट पुष्प अर्पन गरिने भएको हो ।विवाह पञ्चमीका दिन नेपाल राष्ट्रवादी नागरिक समाज धनुषाले हेलिकप्टरबाट पुष्प अर्पन गरिने संस्थाका अध्यक्ष प्रकाश जंग रानाले बताए । सोहि दिन दिनको २ बजे जानकी मन्दिर, राम मन्दिर, बारहविघा लगायतको स्थानमा पुष्प अर्पन गरिने कार्यक्रम रहेको अध्यक्ष रानाले जानकारी गराएका छन् ।