जनकपुरधधाम, मंसिर २२ गते
ऐतिहासिक, धार्मिक तथा संस्कृतिक नगरी जनकपुरधाममा पुष्प अर्पन गरिएको छ । त्रेता युगमा सीताराम बीच भएको विवाहको सझनामा जनकपुरधाममा हर्षाैउल्लासका साथ मनाक्ष्दे गरेको विवाह पञ्चमी(विवाह महोत्सव) मा हेलिकप्टरबाट पुष्प अर्पन गरेको हो । नेपाल राष्ट्रवादी नागरिक समाजको आयोजनामा बुधवार हेलिकपटरबाट पुष्प अर्पन गरेका हुन ।
नेपाल राष्ट्रवादी नागरिक समाज धनुषाका अध्यक्ष प्रकाश जंग राना र उपाध्यक्ष दिलीप साह(आदी) को नेतृत्वमा जनकपुरधामको जानकी मन्दिर, राम मन्दिर, बारह विघा, संगै मठ मन्दिर र धार्मिक स्थलहरुमा हेलिकप्टरबाट पुष्प अर्पन गरेका छन् । हेलिकप्टरबाट विभिन्न धार्मिक स्थलहरुमा २ क्वीन्टल पुष्प अर्पन गरेको नेपाल राष्ट्रियबादी नागरिक समाजका अध्यक्ष प्रकाश जंग रानाले बताए ।
अध्यक्ष रानाको पहलमा पछिल्लो वर्ष पनि विवाह पञ्चमीका दिन पुष्प अर्पन गरिएको थियो । अध्यक्ष रानाको नेतृत्वमा तीन पटक पुष्प अर्पण गरिएको हो । हेलिकप्टरबाट नेपाल राष्ट्रवादी नागरिक समाजका उपाध्यक्ष दिलीप साह(आदी), अधिवक्ता सुदिप कोइराला, राम युवा कमिटीका पुर्व अध्यक्ष रामबाबु साह, कैलाश साह लगायतले पुष्प अर्पण गरेका हुन ।