जनकपुरधाम,मंसिर २३ गते
त्रेता युगमा श्रीसीताराम बचि भएको विवाहको समझनामा प्रत्येक वर्ष हर्षाेउल्लासका साथ जनकपुरधाममा मनाइदै आइरहेको विवाह पञ्चमी(विवाह महोत्सव) समपन्न भएको छ । सप्ताह¥यापी सीताराम विवाह पञ्चमी महा महोत्सव अन्तर्गत विहिवार राम कलेबा संगै समपन्न भएको हो । आज जानकी मन्दिरमा रामकलेवाको आयोजना गरि महोत्सव समपन्न भएको छ । आज अयोध्या लगायतका स्थानहरुबाट जन्तीको रुपमा आएका साधुसन्तलाई जानकी मन्दिर परिसरमा ५६ व्यञ्जन मिष्ठान परिकार भोजन गराएर विदाई गरेका छन् ।
मिष्ठान परिकार भोजन गराई, गीतको माध्यमले गालीगलौज गरी स्वागत गर्ने परम्परालाई रामकलेवा भनिन्छ ।जन्तीका रुपमा आएका साधुसन्तलाई चादर, कम्बल र दक्षिणा स्वरुप रुपैयाँ पैसा दिएर भव्य स्वागत गरि विदाई गर्ने प्रचलन रहेको छ ।
यस दिनमा राम सीता ,लक्ष्मण र भरत सत्रुधनको रुपमा बालबालिकालाई सजाएर मिठो भोजन गराउनुको साथै उनीहरुको पनि विदाई गर्ने प्रचलन छ ।
पछिल्ला वर्ष कोरोना संक्रमणको कारण विवाहपञ्चमी महोत्सवमा त्यस्तो उत्साह नदेखिए पनि यस वर्ष भने कोरोनाले पनि विवाहपञ्चमी महोत्सवलाई छेक्न सकेन् ।
मंसिर शुक्ल पञ्चमी तिथिका दिन त्रेता युगमा भगवान श्रीराम र सीताबीच विवाह भएको स्मरणमा जनकपुरधाममा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव धुमधामसँग मनाइन्छ ।त्रेतायुगमा प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा राम र सीताको जसरी विहे भएको थियो त्यसैअनुसार वर्तमानमा पनि रामजानकीको डोलालाई स्वयम्वर गरी वैदिक परम्पराअनुसार विवाह गर्ने प्रचलन हाल पनि कायमै रहेको छ ।मंसिर १७ गतेबाट सुरु भएको साताव्यापी रामजानकी विहपञ्चमी महोत्सवको पहिलो दिन नगरदर्शन, दोस्रो दिन फुलवारी लिला, तेस्रो दिन धनुषा यज्ञ, चौथो दिन तिल्कोत्सव, पाँचौं दिन मटकोर, छैठौं दिन विवाहपञ्चमी र सातौं अर्थात अन्तिम दिन रामकलेवा गरी सम्पन्न हुने गर्दछ ।महोत्सवमा सहभागी हुन नेपाल तथा भारतका विभिन्न स्थानहरूबाट लाखौं श्रद्धालु भक्तजनहरू जनकपुरधाम आएका थिए । भगवान सीता र रामको विवाहसम्पन्न भएपछि जनकपुरधाम आएका लाखौं दर्शनार्थी घर फर्किन थालेका छन् ।