जनकपुरधाम, मंसिर २४ गते
जनकपुरधाम उपमहानगरपालिका वडा नं. २४ बसहिया बस्ने अभय लाल कर्णको श्रीमती तथा दुई छोरालाई उनका ससुरा पवन लाल कर्णले अपहरण गराएर तीन लाख रुपैया फिरौती माँगेको आरोप लगाइएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. १० बस्ने ससुरा पवनलाल कर्णले आफ्नै ज्वाइ अभयलाल कर्णसँग सो रकम माँग्न लगाएको आज (शुक्रवार) नेपाल पत्रकार महासंघ प्रदेश २को कार्यालय जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा पीडितले बताएका हुन ।
पीडितको ससुरा पवनले श्रीमती र छोरीहरुलाई अपहरण गरी भारतको बेनीपट्टीमा राखेको जानकारी दिंदै पीडित अभयले पत्रकारहरुलाई जानकारी गराउँदै त्यहाँका अपहरणकारी आफन्त सच्चिदानन्द लाल दास र एकजना अझै गरी दुईजनाले अपहरण गरेको बताएका छन ।
उहाँले विभिन्न प्रमाणहरु देखाउँदै यस घटनामा ससुुराकै हात रहेको स्पष्ट पारेका छन् ।
ती अपहरणकारीहरुले बेनीपट्टीबाट निज पीडितलाई भारतीय मोवाइल ००९१—७५४९९०४८३७ नम्वरको व्हाटसअपबाट फोन गरी तीन लाख रुपैया फिरौती दिए श्रीमती र छोरालाई छाड्ने सो पत्रकार सम्मेलनमा जनाइएको छ । अपहरणकारीले पछि सो रकम खाता नं. ०११२१०४०००१२५३५२ मा पठाई दिन भनेको पीडितको भनाई रहेको छ ।
पीडित अभयले बारम्बार अपहरणको मुद्दा दिने प्रहरी कार्यालयमा धाएपनि राजनीतिक दवावको कारण यो घटनामा प्रहरी सक्रिय नभएको आरोप समेत लगाएका छन् ।
यो भन्दा अघि पीडित अभयलाई ससुरा पक्षले बच्चालिन जानकी चौकीमा बोलाएर सो अगाडि कुटपिट गरेको पीडित अभयले बताए ।