काठमाडौं, मंसिर २५ गते
नेपाली कांग्रेसको नेतृत्व चयनका लागि आजदेखि निर्वाचन प्रकृया सुरु हुँदैछ । निर्वाचन समितिका अनसार आज १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ ।
यसपटक कांग्रेस सभापतिको उम्मेदवारका लागि ३० हजार शुल्क तोकिएको छ । उपसभापति र महामन्त्रीका लागि २५र२५ हजार, सहमहामन्त्रीका लागि २० हजार तोकिएको छ भने केन्द्रीय सदस्यका लागि १० हजार शुल्क तोकिएको छ ।
प्रदेश अधिवेशनमा गण्डकीमा सभापतिको उम्मेदवारका लागि ९१ हजार शुल्क तोकिएको थियो ।