काठमाडौं, मंसिर २५ गते
नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दिने तयारीमा जुटेको छ । निधिले पूर्ण टीम बनाएर उम्मेदवारी दिने कि पदाधिकारीमा मात्र उम्मेदवारी दिने भन्ने विषयमा छलफल भइरहेको बताए ।
उनले भने, ुमैले महामन्त्रीको उम्मेदवारका लागि साथीहरुसँग छलफल गरिरहेको छु । पुरै टीम दिने कि खाली पदाधिकारीमा मात्र उम्मेदवारी दिने भन्ने विषयमा छलफल भइरहेको छ । सम्पर्क कार्यालयमा साथीहरुसँग छलफल भइरहेको छ ।
दिउँसो तीन बजे आफूले उम्मेदवारी दर्ता गर्ने निधिले जानकारी दिए । उनले भने, ‘म सभापतिमा उम्मेदवारी दिने तयारी गर्दै छु । ३ बजेपछि मेरो उम्मेदवारी दर्ता हुन्छ । मेरो उम्मेदवारी दिने कुरा पक्का हो ।’
शनिबार विहान १० बजेबाट साँझ ५ बनेसम्म उम्मेदवारी दर्ता कार्यक्रम छ । संस्थापन पक्षमा सभापति शेरबहादुर देउवा र निधि दुई जना सभापतिका उम्मेदवार भन्ने निश्चित भएको छ ।