२५ मंसिर, काठमाडौं ।
नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेखर कोइरालाको टिमबाट डा। मिनेन्द्र रिजाल र गगनकुमार थापा महामन्त्रीको उम्मेदवार बन्ने भएका छन् ।रामचन्द्र पौडेल सभापतिको उम्मेदवार नबन्ने भएपछि यो समूहका नेताहरुले शेखर कोइरालाको नेतृत्वमा टिम बनाएको छ । महामन्त्रीमा विश्वप्रकाश शर्मालाई ल्याएर डा। रिजाललाई उपसभापतिमा लैजाने छलफल पनि भएको थियो ।
तर डा. रिजाल र थापा नै महामन्त्रीको उम्मेदवार तय भएको एक नेताले जानकारी दिए ।
उनका अनुसार अरु पदाधिकारी र केन्द्रीय सदस्यहरुको टिम बनाउने काम भइरहेको छ ।