जनकपुरधाम, मंसिर २६ गते
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल(लोसपा)का नेता तथा कार्यकर्ताहरु यतिबेला असन्तुष्ट छन् । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबाट आफ्नै पार्टीका नेता तथा कार्यकर्ताहरु असन्तुष्ट देखिएका हुन । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एकलौटी रुपमा मनोमानी गरी प्रदेश र जिल्ला अध्यक्षमा नियुक्त गरेकोमा पार्टीका अधिकांस जिल्लाका नेता तथा कार्यकर्ताहरुले असन्तुष्टी जनाइरहेका छन् । विगतका तपलोपा गुटै नेताहरुलाई प्रदेश र जिल्लामा नियुक्त गरेर अध्यक्ष ठाकुरले वर्चस्व देखाउन खोजेको भन्दै नेता तथा कार्यकर्ताहरुले असन्तुष्टी जनाएका छन् । पार्टीका नेता तथा कार्यकर्ताहरुले पार्टीको सिद्धान्त र प्रक्रिया विपरित प्रदेश र जिल्ला अध्यक्ष नियुक्ती गरेको भन्दै शनिवार धनुषाका नेता तथा कार्यकर्ताहरुले एक विज्ञप्ती जारी गरि असन्तष्ुटी जनाएका हुन । पार्टीले एकै व्यक्तिलाई पटक पटक पदमा दोहराई रहेको भन्दै लोसपाकै नेताहरुले निर्णयको बिरोधमा उतरिने चेतावनी दिएका छन् । लोसपाले विभिन्न जिल्लामा चयन गरेको अध्यक्ष र प्रदेशको अध्यक्षमा जितेन्द्र सोनललाई नियुक्त गर्ने निर्णय बिरुद्ध सामूहिक रुपमा विज्ञप्ति निकालेर बिरोध जनाएका छन् । प्रदेश २को अध्यक्षमा जितेन्द्र सोनललाई नियुक्त गरेको केही घण्टा नबित्दै पार्टी भित्र सो निर्णय बिरुद्ध बिद्रोह शुरु भएको छ । विज्ञप्तिमा भनिएको छ पार्टी नेतृत्व पंक्तिले एक पद एक व्यक्ति स्वीकार गरिसकेको अवस्थामा फेरी पनि अध्यक्ष मण्डलीय प्रणालीको प्रपञ्च रच्न लागेकोले यो निर्णय मान्य आफूहरुलाई हुने छैन । पार्टीमा सामूहिक छलफल नगरी यो निर्णय गरिएको र आगामी दिनमा सामूहिक रुपमा निर्णय गर्न विज्ञप्तिमा सुझाव दिइएको छ ।यी निर्णयहरु नसच्चिए बाध्य भएर आगामी कदम उठाउने त्यो विज्ञप्तिमा भनिएको छ । नियुक्त गरिएका सबै अध्यक्ष ठाकुर गुटकै हो । अध्यक्ष ठाकुरले आफ्नै नातागोतालाई पार्टी देखी विभिन्न प्रतिष्ठानमा समेत नियुक्तीका लागी सिफारिस गर्दै आइरहेको लोसपाका नेताहरुले आरोप लगाएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रदेश २ को अध्यक्षमा पूर्वमन्त्री जितेन्द्र सोनललाई चयन गरेको छ ।पार्टी अध्यक्ष महन्थ ठाकुरले शनिबार प्रदेश २ को अध्यक्षमा सोनललाई चयन गरेका हुन् ।उनलाई लोसपा नेपालको अन्तरिम विधान अनुसार प्रदेश अध्यक्षको जिम्मेवारी दिइएको हो ।त्यस्तै, पार्टीका नेता रामविनोद चौधरी (पप्पु)लाई प्रदेश सचिवको जिम्मेवारी दिइएको छ ।लोसपाले यसअघि शुक्रबार प्रदेश २ का धनुषा, महोत्तरी, पर्सा र बारा जिल्लामा जिल्ला अध्यक्ष चयन गरेको थियो ।एक दिन पुर्व परिवेक्षक रुपमा नियुक्ती गरेका सोनललाई कसरी भोलि पल्ट अध्यक्षमा नियुक्त गरे भन्दै लोसपाका नेताहरुले प्रश्न गर्न थालेका छन् । हाल सोनल प्रदेश अध्यक्ष, संसदीय दलका नेता,कार्यकारणी सदस्य र विपक्ष दलका नेता रुपमा छन् । पार्टीको धनुषा जिल्ला अध्यक्षमा परमेश्वर साह, महोत्तरी जिल्ला अध्यक्षमा रामबाबु साह, बारामा नवल किशोर सिंह र पर्सामा पुरुषोत्तम झालाई मनोनयन गरिएको गरिएको थियो ।