जनकपुरधाम, म.सिर २७ गते
महोत्तरीको पिपरा गाउँपालिकाको कार्यालय नयाँ भवनमा सरेको छ । आज हिन्दु परम्परा अनुसार पुजापाठ गरी गाउँपालिकाको कार्यालय नयाँ भवनमा सरेको हो । आज एक कार्यक्रम बीच गाउँपालिकाका भू.पू अध्यक्ष देवेन्द्र प्रसाद मिश्रले गाउँपालिकाको नयाँ भवनको समुद्घाटन गरेका हुन । वर्षाे देखी निर्माणको पर्खाइमा रहेका गाउँपालिका नयाँ भवनको कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भू.पू अध्यक्ष मिश्रले रिवन काटेर समुद्घाटन गरेको हो । पिपरा गाउँपालिकाका अध्यक्ष विक्रम चौधरीको अध्यक्षतामा तथा भू.पू गाउँपालिका अध्यक्ष देवेन्द्र प्रसाद मिश्रको प्रमुख आतिथ्यमा आयोजित नयाँ भवन र सम्मान कार्यक्रममा समपन्न भएको छ ।
रिवन काटेर गाउँपालिकाको नयाँ भवन समुद्घाटन गरिदैं प्रमुख अतिथि भू.पू गा.वि.स अध्यक्ष देवेन्द्र मिश्र
हाल गाउँपालिका कार्यालय रहेको भवन सेवा प्रवाहका लागि साँघुरो भएपछि नयाँ भवन बनाइएको गाउँपालिकाका अध्यक्ष विक्रम चौधरीले जानकारी दिए ।उनका अनुसार गाउँपालिकाको प्रशासनिक भवन तथा कम्पाउन्ड वाल निर्माणका लागि लगभग ४० लाख खर्च भएको बताए । गाउँपालिका अध्यक्ष चौधरीका अनुसार कार्यालय सञ्चालनमा आएपनि केही काम बांकी समेत रहेको बताए ।
कार्यक्रममा सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष विक्रम चौधरी
उनले पिपरा गाउँपालिकाको ऐतिहासिकताको संरक्षण र सम्द्र्धनको निम्ति हामी सबैलाई जोड दिनुपर्ने अवश्यक छ । अहिले पनि ऐतिहासिक र सार्वजानिक जग्गाहरु अतिक्रमणको चपेटा परेकोले चाडैनै अतिक्रमण मुक्त गर्ने अध्यक्ष चौधरीले प्रतिवद्धता जनाए । अतिक्रमण मुक्त गर्नका लागी व्यक्तिको मानसिकता परिवर्तन गर्नुपर्ने अवश्यक रहेको अध्यक्ष चौधरीले बताए । थौरै कम समय र त्यसपछि कोरोना महामारीको बीच पनि गाउँपालिकाको भौतिक पुर्वाधारको कार्यमा गति लिएको उनले दावी गरे । विगतमा गाउँपालिका अन्तर्गतको पोखरी समेत अतिक्रमणको चपेटा परेकालाई अतिक्रमण मुक्त गराएको बताए ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र प्रसाद यादव
उक्त कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र प्रसाद यादवले स्वागत मन्तव्य राख्दैं ४ वर्ष देखी खाद्यन्न संस्थान जिर्ण अवस्थामा रहेको भवनलाई भौतिक सुविधा समपन्न गाउँपालिकाको नयाँ भवन निर्माण भएकोमा यस क्षेत्रका नागरिकलाई सुलभ सेवा लिन अब सजिलो बताए । उनले सार्वजानिक सम्पतीलाई गाउँपालिकाबासीले संरक्षण गरी उदारहनीय कार्य गरेकोमा खुशी व्यक्त गरे ।
गाउापालिकाबाट सम्मानीत गाउँपालिकाका भू.पु पदाधिकारीहरु
स्थानीय शम्भूनाथ यादव(बेचन)ले खुल्ला ठाउँ र कम्पाउन्ड वालसहित कार्यालय बनेको देखेर खुसी लागेको बताए ।‘पुरानो कार्यालयमा आउने जाने, बस्ने सेवा लिने ठाउँ थिएन, घर सानो थियो, भीड धेरै हुन्थ्यो’ उनले भने, ‘सरकारी गाडी राख्नसमेत समस्या थियो, अब कम्पाउन्ड सहितको कार्यालय छ, गाडी राखेर ताल्चा लगाइदिँदा हुन्छ ।’उनले नयाँ भवन बनेपछि गाउँमै सिंहदरबार आएको महसुस भएको बताए । गाउँपालिकाका दुखरण चौधरीले पुजापाठ गरे पश्चात नयाँ भवनमा गृह प्रवेश गराएका हुन ।
पुजापाठ गरिदें गाउँपालिकाका दुखरण चौधरी
कार्यक्रममा गाउँपालिकाका भू.पू पदाधिकारीलाई सम्मान समेत गरेको हो । गाउँपालिकाका भू.पू अध्यक्ष नरेन्द्र मोहन मिश्र,नमोनारायण मिश्र,चन्द्र भूषन मिश्र,विजय यादव,रामजानकी यादव लगायतलाई मायाको चिनोसहित ढोसल्ला आढाई सम्मान गरेका छन् । उक्त कार्यक्रममा गाउँपालिकाका उप प्रमुख ननु कुमारी दास, वडा नं १ का अध्यक्ष किशोरी महतो, ३ का किशोरी साह, गाउँपालिकाका कर्मचारी मणि ठाकुर,दुखरण चौधरी ,अशोक झा, राजेन्द्र राय,रामप्रमोद ठाकुर,राजीव झा, प्रविण चौधरी, डा. बरुण कुमार राय, रचना झा, जुही लाभ,विद्या चौधरी,सुलोचना ठाकुर,शान्ति मिश्र, गनपत झा लगायत विभिन्न संघ संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
Discussion about this post