जनकपुरधाम, मंसिर २८ गते ।
प्रदेश नम्बर २ मा प्रदेशसभाको बैठक बुधबार बस्न लागेको छ ।
प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रले बुधबारका लागि प्रदेशसभाको ८औँ अधिवेशन आह्वान गरेपछि वैठक बस्न लागेको हो ।
नेपालको संविधान धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गरेको छ ।
प्रदेशसभा वैठकका लागि तयारी पुरा गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेशसभाको बोलाइएको वैठकमा उपस्थित हुन प्रदेश सांसदहरुलाई जानकारी गराइएको प्रदेशसभा सचिवालयका निमित्त सचिव रञ्जित यादवले जनाए ।
प्रदेशसभा वैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर वाचन गरिने, प्रदेशको नामाकरण र राजधानी सम्बन्धी प्रस्ताव पेश हुने र केही अध्यादेशहरुमाथि पनि छलफल हुने कार्यसूची रहेको निमित्त सचिव यादवले बताए ।यता नेपाली काँग्रेसका प्रदेश सांसदहरु काँग्रेसको १४ औँ महाधिवेशनमा व्यस्त रहेकाले आज बस्ने वैठकले औपचारिकता पाउने छ भने काँग्रेसका सांसदहरु आएपछि यस सम्बन्धी प्रस्ताव अगाडी बढाइने जनाइएको छ ।यसअघि असोज २२ गत प्रदेशसभाको सातौं अधिवेशन अन्त्य भएको थियो ।