जनकपुरधाम, मंसिर २८ गते
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनालाई प्रभावकारी बनाउनमा जोड दिएका छन् । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना धनुषामा संचालित रहेको पकेट तथा ब्लक कार्यक्रमलाई प्रभावकारी बनाउन सरोकारवालाहरुले जोड दिएको हो । परियोजना कार्यान्वयन इकाई धनुषाले आयोजना गरेको स्थानीय तहमा कार्यरत कृषि तथा पशुसेवा प्राविधिकहरुसंगको अभिमुखिकरण कार्यक्रममा पकेट र ब्लक कार्यक्रमलाई प्रभावकारी बनाउनमा जोड दिएका छन् । अभिमुखीकरण कार्यक्रममा चालु आर्थिक वर्षमा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि परियोजनाको धनुषा इकाईका प्रमुख युगल किशोर तिवारीले आग्रह गर्नु भएको छ ।
स्थानीय पालिकाहरूद्वारा पकेटको कार्यक्रम तथा प्रदेश सरकारको कृषि ज्ञान केन्द्र मार्फत ब्लकको कार्यक्रम सञ्चालनमा रहेको छ । धनुषाको हरेक पालिकामा न्यूनतम २ देखि अधिकतम ३ पकेट कार्यक्रम सञ्चालन रहेको छ । यसै गरी सोही मात्रामा ब्लकको कार्यक्रम पनि रहेको परियोजनाका कृषि अधिकृत कालीकान्त मिश्रले जानकारी दिएको छ । । परियोजनाले पकेट कार्यक्रम सञ्चालन गर्नका लागि १० लाख, लाइफ स्टकका लागि २५ लाख तथा ब्लकको लाइभ स्टकका लागि ७० लाख र अन्यका लागि २५ लाख रकम सशर्त अनुदान स्थानीय तथा प्रदेश सरकारमा पठाएको छ । धनुषामा धान, माछा, तरकारी, पशुपालन, तेलहन दलहन खाद्यान्नको उत्पादन बढाउने क्षेत्रमा पकेट तथा ब्लकको कार्यक्रम रहेको छ । यस वर्ष देखि आँप कार्यक्रम पनि रहेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले स्वदेशी लगानी र प्रविधि मार्फत कृषि उत्पादन बढाउने नीति लिएको छ ।
शुरुको वर्षमा स्थानीय तहले पकेटको कार्यक्रम बापत गएको रकमबाट गाडी खरिद गरेपछि गत वर्ष देखि सशर्त अनुदान रकम पठाएपछि केही मात्रामा काम हुन थालेको छ । चालु आर्थिक वर्षमा कामकाजलाई थप प्रभावकारी बनाउनका लागि समयमा नै सूचना प्रकाशित गर्ने काम भएको छ । यस पटक विगत वर्षहरू भन्दा बढी कामकाज हुने विश्वास परियोजनाको रहेको छ ।