जनकपुरधाम, मंसिर २९ गते
श्हरी विकास मन्त्री रामकुमारी झाँक्रीले “सुखी नेपाली समृद्ध राष्ट्र” निर्माणको निम्ति तीनै तहका सरकारसंग सहकार्यको आवश्यकता रहेको बताइन । कोभिड–१९ खोप भण्डारण, प्रदेश जनस्वास्थ्य प्रयोगशाला शलान्यास र प्रदेश मेडिकल स्टोरको समुद्घाट कार्यक्रममा सो कुरा बताएको हो । उनले राष्ट्र निर्माणको निम्ति तीनै तहका सरकार एक ढिक्का भएर कार्य गर्दा मात्र मौलिक रुपमा कार्यान्वय सकिने बताइन । संविधानले ने क्षेत्रधिकार तथा काम कर्तव्य अधिकार तोकेकोले सोहि अनुसार इमान्दार भएर काम गरे भने मुलुकलाई चाडै नै समृद्धिको बाटोमा लान सकिने उनले बताएको हो । मन्त्री झाँत्रीले ऐतिहासिक तथा धार्मिक नगरी जनकपुरधामको फोहर व्यवस्थापनका लागी बेलाबेलामा अवाज उठिरेहेको बेला फोहर व्यवस्थापन, सुविधा समपन्न कारागार, बस पार्कको निर्माण र महेन्द्र नारायण सांस्कृतिक भवनको व्यवस्थापन तथा संचालनको निम्ति अहिले सरकारको प्राथमिकतामा रहेकोले सहकार्यका लागी सबैलाई अगाडी बढ्न आग्रह गरिन् । जनताको जीवनसंग जोडिएको स्वास्थ्य अधिकार सम्बन्धि सुनिश्चिताका लागी शिलान्यास गरिएका संरचनाहरुको निर्माणले मद्दत पु¥याउने भएकोले समयमै निर्माण कार्य सम्पन्न गर्न निर्माण व्यवसायी कम्पनीलाई आग्रह गरेको हो ।
उनले जनता आवास कायृक्रम अन्तगृत घर विहिन नागरिकका निर्माण भइरहेको आवासमा तीनै तहका सरकार सक्रियता देखाउन आवश्यक रहेको बताइन । उक्त कार्यक्रममा प्देश नं २ का मुख्यमन्त्री लालबाबु राउतले तीनै तहको सरकारका संग जुन रुपमा सहकार्य हुनुपथ्यो त्यो नभएकोले विकासको गति लिन नसकेको बताए । उनले निर्माण कम्पनी व्यवसायीहरुले घटीमा ठेक्का कबोल गरेर समयमा निमाृण गर्ने प्रवृति विगतमा देखिएकोले निर्माण कार्यमा त्यो नगर्न आग्रह गरेका हुन । कार्यक्रममा प्रदेश नं २ का समाजिक विकास मन्त्री नवल किशोर साह, उद्योग पर्यटन तथा वातावरण मन्त्री शत्रुधन महतो लगायतले मन्तव्य राखेको थियो ।
Discussion about this post