काठमाडौं, पुष १ गते
नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणकर भट्ट नियुक्त भएको छ । उनी बैंकको सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक समेत छन् ।
यसअघि बैंकको प्रवक्ताका जिम्मेवारीमा देवकुमार ढकाल रहेको थियो । अर्थशास्त्रमा विद्यावारिधि उपाधि हाँसिल गरेका भट्टले यसअघि पनि प्रवक्ताको जिम्मेवारी लिएको थियो ।