जनकपुरधाम, पुष ३ गते
समाजमा हुने विवाद तथ झगडालाई समाजमै निराकरण गर्ने उद्देश्यले स्थापना भएको सामुदायिका मेलमिलापकर्ता समाज नेपालले ११ औँ वार्षिकोत्सव मनाएको छ ।
शुक्रवार जनकपुरधाममा आयोजित मेलमिलापकर्ता समाजको ११ ओं साधारणसभा सफलतापुर्वक समपन्न गर्दै समाजमा प्रभावकारीरुपमा छिटोछरितो न्याय प्रवाहमा थप सक्रियतासाथ अघि बढ्ने भएको छ । कोरोना महामारीका कारण समाजमा समेत विभिन्न खाले विवाद तथा झगडा बढिरहेकाले यस समस्यालाई समाधानका लागि मेलमिलाकर्ताले पहलकदमीले लिने भएका छन् ।
दुलारचन साहको अध्यक्षता तथा जिल्ला विकास समन्वय समितिका सभापति रामदेब बनरैतले समाजमा हुने वादविवाद सकारात्मक सोचका साथ वादविवाद निरूपण गर्न मेलमिलापकर्ताहरुलाई आग्रह गरे ।उनले सामुदायिक मेलमिलापकर्ता लागि प्रभावकारी बनाउन रकम अभाव भएकोले स्थानीय निकाय र पालिकाहरुमा समेत पत्रचार गर्न आग्रह गरे ।
मेलमिलापकर्ताहरुले निःशुल्क र सकारात्मक तरिकाले वादविवाद मिलाउने गरेकाले प्रशंसा समेत उनले गरे ।
यस कार्यक्रममा केन्दिय सदस्य समेत रहेका मिथिलेश कुमार कर्णले मेलमिलापकर्ताले नै न्याय दिलाउँछ भन्ने जनताले विश्वास गर्ने गरेकोले सकारात्मक सोचका साथ अगाडि बढ्न जरुरी रहेको बताए ।
Discussion about this post