जनकपुरधाम, पुष ६ गते
संस्कृतिको संरक्षण सम्वद्र्धन तथा धर्मप्रतिको आस्थालाई कायम राख्न र विश्वको कल्याण होस उद्देश्यले झण्डा मेला सुरु भएको छ । श्री श्री १०८ श्री महावीर झण्डा मेलाको लागी ६० फिटको अग्लो झण्डा निर्माण गरिएको हंसपुर मेला समितिका अध्यक्ष भोला राउतले बताए ।
पुष ३ गते देखी हंसपुर नगरपालिकाको वडा नं ३ का अध्यक्ष उदय सिंहको अध्यक्षतामा झण्डा मेला सुरु भएको हो । ७ दिवसीय झण्डा मेला अन्तर्गत मंगलवार देखी पहलमानी सुरु भएको छ । मंगलवार एक कार्यक्रमबीच हंसपुर नगरपालिकाका नगर प्रमुख रामज्ञान मंडल र उप प्रमुख रेणु झाले संयुक्त रुपमा रिवन काटेर विधिवत रुपमा पहलमानीको समुद्घाटन गरेका छन् । बुधवार हुने पहलमानीमा महिला पुरुष समेत सहभागी हुने भएको छ।
पहलमानी नेपाल भारतका पहलमानहरु सहभागी भएका थिए । पुष ३ गते देखी सुरु भएको श्री श्री १०८ श्री महाविर झण्डा मेला पुष ९ गतेसम्म चल्ने छ । मेलामा मनोरजंनका लागि सांस्कृतिक कार्यक्रमको आयोजना समेत गरेको हो । समुद्घाटन कार्यक्रममा हंसपुर नगरपालिकाका वडा नं २ का अध्यक्ष उदय साह, १ का कामेश्वर साह,९ का नरेश मंडल, ५ का शिव शंकर मंडल लगायत स्थानीय राजिनीतक दलका नेता तथा स्थानीय संघ संस्थाका पदाधिकारी र स्थानीयहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
Discussion about this post