११ पुस (सिन्ह्वा)
दक्षिणपश्चिम नाइजेरियाको ओगुन राज्यमा शनिबार दुईवटा सवारीसाधन एक आपसमा ठोक्किँदा छ जनाको मृत्यु हुनुको साथै अन्य १२ जना घाइते भएका प्रहरीले जनाएको छ ।गलत तरिकाबाट ओभरटेकिंग र नियन्त्रण गुमाउँदा दुर्घटना भएको ओगुन राज्यको फेडरल रोड सेफ्टी कोर्प्सका कमाण्डर अहमद उमरले राज्यको ओटा सहरमा पत्रकारहरूलाई बताउनुभएको छ । यस दुर्घटनामा कूल १८ व्यक्ति संलग्न रहेका पनि उहाँले बताउनुभएको छ ।
घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको र मृतकको शव पहिचानका लागि सोही अस्पतालमा राखिएको उमरले बताउनुभएको छ । विशेष गरी चाडपर्वको समयमा उच्च सवारी साधन चल्ने समयमा खतरनाक सवारी नचलाउन सवारी चालकलाई चेतावनी दिइएको पनि उहाँले बताउनुभएको छ ।
नाइजेरियामा प्रायः घातक सडक दुर्घटनाहरु हुने गरेको पाइन्छ । ओभरलोडिङ, खराब सडक अवस्था, र चालकले लापरवाह गरी सवारीसाधन चलाउने नै सडक दुर्घटनाका प्रमुख कारणहरु रहेका अनुसन्धानकर्ताको भनाई रहेको छ ।
Discussion about this post