२२ पुस, काठमाडौं
निर्देशक सञ्जय लीला भन्साली र अभिनेत्री मनिषा कोइरालाले एकसाथ काम गरेको चलचित्र ‘खामोसी’ रिलिज भएको २५ वर्ष बितिसकेको छ । यो चलचित्रमा भन्सालीले मनिषालाई फरक रुपमा प्रस्तुत गरेका थिए ।
‘खामोसी’पछि मनिषा र भन्सालीबीच टिमअप हुन सकेको थिएन । तर, २५ वर्षपछि बलिउडकै सफल निर्देशक भन्साली र अभिनेत्री मनिषाबीच टिमअप हुने भएको छ ।
भन्सालीले ओटीटी प्लेटफर्म नेटफ्लिक्सका लागि तयार पार्न लागेको वेब सिरिज ‘हिरामण्डी’मा मनिषाले काम गर्ने पक्का भएको छ । यो सिरिजमा अभिनेत्रीद्वय हुमा कुरेसी र सोनाक्षी सिन्हाले काम गर्ने निश्चित भइसकेको छ । भन्सालीले चलचित्र ‘गंगुबाई काठियावाडी’को काम सकेका छन् । उनी अहिले वेब सिरिज ‘हिरामण्डी’को प्रि(प्रोडक्सनमा व्यस्त छन् ।
मिडिया रिपोर्टका अनुसार भन्साली दुई महिनापछि यो सिरिजको काम शुरु गर्ने तयारीमा छन् । सिरिजले यौनकर्मीहरुको कथा भन्नेछ ।
पहिलो सिरिज ७ भागको हुने ‘हिरामण्डी’को हरेक भाग १ घण्टा लामो हुनेछ ।
Discussion about this post