काठमाडौं, पुष २२ गते
भारतको गुजरातमा आयोजना हुन लागेको भाइब्रेन्ट गुजरात शिखर सम्मेलनलाई गुजरात सरकारले स्थगित गरेको छ । कोरोनाभाइरसको बढ्दो संक्रमणका बीच त्यहाँको सरकारले यस्तो निर्णय लिएको छ । उक्त शिखर सम्मेलन जनवरी १० तारिखदेखि १२ सम्म आयोजना हुने कार्यक्रम थियो ।
उक्त समिटलाई भारतीय प्रधानमन्त्री मोदीले उद्घाटन गर्ने कार्यक्रम थियो । शिखर सम्मेलनमा भाग लिनका लागि नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा जनवरी ९ तारिख अर्थात् पुस २५ गते भारत भ्रमणमा जाने कार्यक्रम निश्चित भएको थियो ।
Discussion about this post