जनकपुरधाम, पुष २२ गते
मारवाडी समुदायको छाता संगठन मारवाडी सेवा समितिको वरिष्ठ पदमा युवा व्यवसायी राजेश अग्रवाललाई चयण गरेको छ । मारवाडी सेवा समितिको आज बसेको बैठकबाट युवा व्यसायी अग्रवाललाई सर्वसम्मतीले वरिष्ठ उपाध्यक्ष पदमा चयण गरेको हो । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं २ को एशोसिएट उपाध्यक्ष समेत रहेका युवा व्यवसायी अग्रवाललाई नयाँ नेतृत्वका लागी मारवाडी सेवा समितिले सर्वसम्मतीबाट वरिष्ठ उपाध्यक्ष पदमा चयण गरेका छन् । युवा व्यवसायी अग्रवाल गणेश युवा कमिटीको निर्देशक तथा विभिन्न समाजिक संघ संस्थामा आवद्ध हुन ।
Discussion about this post