जनकपुरधाम, माघ ५ गते
केही दिनदेखी बढदैं गएको चिसोका तराई मधेशको जनजीवन कष्टकर बन्दै गएको छ । शितलहर र अत्याधिक चिसोको मध्यनजर राख्दै चिसो छल्न जनकपुरधाम उद्योग वाणिज्य संघले आज दाउरा वितरण गरेको हो । सर्वसाधारणलाई चिसोबाट बाँच्न जउवा संघले आज जनकपुरधामको विभिन्न स्थानमा दाउरा वितरण गरेका हुन । चिसोले जनजीवन प्रभावित बनेपछि सर्व साधारणलाई चिसो छल्न जनकपुरधामको मिल्स एरिया, भानु चोक, शिव चोक, जनक चोक, राम चोक, महावीर चोक, जानकी चोक, कदम चोक लगायतका स्थानमा दाउरा वितरण गरेको हो ।
जउवा सघका अध्यक्ष जितेन्द्र प्रसाद साहको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष मनिष रमण साह, उपाध्यक्ष अमु प्रसाद साह, महासचिब मनोज कुमार साह, सचिब फुलदेव पंडित, कोषाध्यक्ष परमेश्वर साह लगायतका पदाधिकारीहरुले जनकपुरधामको विभिन्न चोकमा पुगि चिसो छल्न दाउरा वितरण गरेका हुन ।
Discussion about this post