जनकपुरधाम, माघ १० गते ।
महोत्तरीको पिपरा गाउँपालिकाका अध्यक्ष विक्रम चौधरीले सर्वदलीय समितिले आफू माथि लगाएको सम्पूर्ण आरोप निराधार र तर्कहिन रहेको बताउँदै यो आन्दोलन राजनीतिक स्वार्थ पुर्तीका लागि भईरहेको दावी गरे । राजनीतिक स्वार्थपुर्तीका लागि पालिकाको काम प्रभावित गरेर स्थानीयलाई थप पीडा दिनु कहाँको न्याय हो अध्यक्ष चौधरीले प्रश्न गरे ।
अध्यक्ष चौधरीले भने, ‘म संग बहुमत छैन, सबैलाई देखाएर, मिलाएर पारदर्शी ढंगले आफै काम गर्दै आईरहेको छु ।’ आन्दोलन गरिरहेका साथीहरु यो समस्या समाधान गर्नका लागि न वार्तामा बस्न चाह्नु हुन्छ, न कार्यालयमा काम गर्न दिएको अध्यक्ष चौधरीको आरोप छ । उनले आफुले कुनै पनि किसिमको अनियमितता नगरेको दावी समेत गरे । आन्दोलनकारीहरुले गाउँपालिकाको भवनमा भन्छन् करोडौ रुपैया अनियमिता गरेको तर भवन निर्माणका लागी ५५ लाख छुट्याएकोमा कसरी अनियमिता भएको हो अध्यक्ष चौधरीले भने ।
आन्दोलनकारीहरुले कार्यालयको स्वास्थ्य शाखामा समेत तालाबन्दी गरेपछि वुस्टर डोज लगाउने कार्य समेत प्रभावित भईरहेको बताउँदै अध्यक्ष चौधरीले स्वास्थ्य जस्तो सम्वेदन सम्वेदनशिल क्षेलाई समेत साथीहरुले छोडेका छैनन् । उनले कार्यालय निर्वाधरुपमा संचालन गर्न दिनका लागि अनुरोध समेत गरे ।
अध्यक्ष चौधरीले आफूले गरेका सम्पूर्ण योजना तथा गाउँसभाको निर्णय पारदर्शी गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।
सर्वदलीय समितिमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, लोसपा नेपाल, जनमत पार्टी छन् भने गाउँपालिकाको अध्यक्ष एमालेका हुन् ।
पिपरा गाउँपालिकामा ५ राजनीतिक दलले विभिन्न माग राख्दै आन्दोलन गरिरहेका कारण गाउँपालिकाको सम्पूर्ण कार्य ठप्प भएको छ । ५ राजनीतिक दलले सर्वदलीय संयुक्त अन्दोलन परिचालन समिति बनाएर विभिन्न माग राख्दै गाउँपालिका कार्यालयको प्रशासनिक भवनमा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण सम्पूर्ण काम ठप्प भएपछि सेवाग्राही मारमा परेका छन् ।
कानून नबनाउनु, प्रदेश र संघीय कानूनको कार्यान्वयन र परिपालन नगराउनु, सुशासन कायम नगर्नु, पारदर्शिता नदेखाउनु, लगायतका मांग राख्दै आन्दोलन गरिरहेका छन् ।
Discussion about this post