जनकपुर, माघ २६
सरकारले आगामी वैशाख ३० गते एकै चरणमा गर्ने गरी स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै जनकपुरधाम सहित सबैतिर चुनावी राजनीतिकको सरगर्मी ह्वात्तै बढेको छ । स्थानीयतहमा आगामी निर्वाचनलाई लिएर चहल–पहल पनि सुरु भएको छ । राजनीतिक दलहरू निर्वाचन केन्द्रित गतिविधिमा जुट्दैछन् ।
मधेश प्रदेशको राजधानी समेत रहेको धनुषाको सदरमुकाम जनकपुरधाम उपमहानगरपालिकामा पनि स्थानीय निर्वाचनको तयारीमा राजनीतिक दलहरु कम्मर कसेर लाग्न थालेका छन् ।
मधेश प्रदेशकै राजधानी रहेको जनकपुरधाममा राजनीतिक र प्रशासनिकको केन्द्रको रुपमा रहेको छ । जनकपुरधामले मधेश प्रदेशको स्थायी राजधानीको रुप ग्रहणसंगै महानगरपालिकाका लागि विस्तार गर्दै गुरुयोजना समेत रहेको छ ।
वि.सं. २०७४ सालको स्थानीय निर्वाचनलाई फर्केर हेर्दा जनकपुरधामको नगरप्रमुख र नगर उपप्रमुखसहित अधिकांश वडामा समेत तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालले जितेको थियो ।
त्यतिबेला राजपा नेपालले एक्लैले स्थानीय निर्वाचनमा बहुमतीयरुपमा नगर र वडास्तरमा राम्रो नतिजा ल्याउन सफल भएको थियो ।
नेपाली काँग्रेस दोश्रो स्थानमा छ । काँग्रेसले जनकपुरधाम उपमहानगरको नगर प्रमुख र नगर उपप्रमुख तथा १४ वटा वडामा दोश्रो स्थान ल्याएका थिए ।
जनकपुरधाम उपमहानगरपालिकामा २५ वटा रहेका वडाहरु मध्ये तत्कालिन राजपा नेपालले १२ जना वडाध्यक्ष जितेको थियो भने संघीय समाजवादी पार्टीले ३ वटा वडाध्यक्ष जितेको थियो । नेपाली काँग्रेसले ७ वडा वडाध्यक्ष जितेको थियो भने एमालेले दुईवटा वडाध्यक्ष जितेको थियो । एकजना स्वतन्त्र वडाध्यक्षले जितेका थिए ।
वडा अध्यक्षहरुको दोस्रो स्थान तर्फको नतिजा हेर्दा नेपाली काँग्रेस १४ वडामा दोस्रो स्थानमा आएको थियो भने नेकपा एमाले ३ वटा वडामा दोस्रो बनेको थियो । तत्कालिन राजपा ५ स्थानमा र माओवादी एक स्थानमा दोस्रो स्थानमा आएको थियो ।
०७४ को निर्वाचनको नतिजालाई आधार मान्ने हो भने अहिले मधेसवादी दल र नेपाली काँग्रेसवीच तीब्र प्रतिस्पर्धा हुने देखिन्छ ।
तर आगामी वैशाख ३० को स्थानीय तहको निर्वाचनमा आंशिक फरक परिणाम आउने देखिन्छ ।
गत चुनावमा यहाँ सबै दल आ–आफ्नै ढंगले अघि बढेका थिए भने यसपाली राजनीतिक दलहरु टुटफुट र नेताहरुले राजनीतिक दल फेरबदल गरेका कारण जनकपुरधाम उपमहानगरमा परिणाम फरक आउने देखिन्छ ।
तत्कालिन राजपा नेपाल निर्वाचन एक्लै भिडेपनि पछि तत्कालिन समाजवादी पार्टीसंग एकीकरण गरेर जनता समाजवादी पार्टी नेपाल बन्यो र अहिले फेरी जसपाबाट अलग भएर लोकतान्त्रिक समाजवादी पार्टी नेपाल गठन भएको छ । भने लोसपा पुनः फुटको कगारमा छ । त्यस्तै काँग्रेसमा तत्कालिन विजय गच्छदारको नेतृत्वमा रहेको फोरम लोकतान्त्रिक विलय भएको छ । भने तत्कालिन नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) अलग भएर नेकपा एमाले र नेकपा माओवादी केन्द्र व्यूतिएका छन् । भने एमालेका अधिकांश नेता तथा कार्यकर्ताहरु एमालेबाट अलग भएर गठन भएका नेकपा एकीकृत समाजवादीमा छन् । पार्टी भित्र टुटफुट र नयाँ पार्टी गठनले गर्दा पनि यसपाली जनकपुरधाम उपमहानगरको निर्वाचनमा व्यापक फेरबदल हुनसक्ने अनुमान पनि छन् । एउटै दलमा आकांक्षीहरु विगत भन्दा यसपाली बढेका हुनाले पनि कसको बलमा कोर्ट जान्छ भन्ने कुरा अहिले नै ठम्याउँदा हतार हुन्छ ।
यद्यपी जनकपुरधाम उपमहानगरमा जसपा नेपाल, लोसपा नेपाल, काँग्रेस, एकीकृत समाजवादी र एमालेको बढी चर्चा हुने गरेको छ ।
जसपाबाट राजपा अलग भएपछि अझैपनि केहि नेताहरु जसपामै छन् । जनकपुरधाम उपमहानगरका नगरप्रमुख लालकिशोर साह निर्वाचिन भएपनि उनी अहिले जसपामै छन् । भने नगरउपप्रमुख रिता झा भने लोसपामा छिन् । त्यस्तै त्यतिबेला राजपाले १२ वटा वडामा वडाअध्यक्ष जितेका थिए भने अहिले राजपासंग १० जना वडाअध्यक्ष छन् ।
अहिले लोसपा नेपालबाट जनकपुरधाम उपमहानगरका नगरप्रमुख पदका लागि तीन जना आकांक्षी छन् । जनकपुरधाम उपमहानगरको प्रमुखमा परमेश्वर साह, मनोजकुमार चौधरी र जानकीराम साह र रिता झाको नाम चर्चामा छ । त्यस्तै जसपाबाट लालकिशोर साहले नै दाहोर्याउने भनि चर्चा चलेको छ । त्यस्तै जसपाबाट उमेश साह र विष्णुदेव साहको पनि नाम चर्चामा छ । त्यस्तै काँग्रेसबाट पराजित भएका मनोजकुमार साह फेरी उम्मेदवारी दिइने चर्चा छ भने पूर्व नगरप्रमुख बजरंगप्रसाद साह, राकेश साहलगायतका नाम चर्चामा छ । भने एमालेबाट शिवशंकर साह र एकीकृत समाजवादीबाट डा. अजय झा तथा माओवादीबाट जगदीश राउत, चन्द्रशेखर साह, दिपक पटेल र रामवृक्ष यादवको समेत नाम जनकपुरधाम उपमहानगरको नगरप्रमुखका लागि चर्चा चलेको छ ।
मधेश केन्द्रित दल र तत्कालिन एमाले–माओवादी मिलेर गठन भएको नेकपा विघटन भई पुरानै पार्टी व्यूतिएपछि अहिले काँग्रेसलाई भने निकै फाइदा हुने स्थानीय राजनीतिक विश्लेषकहरुको भनाइ छ ।
आकांक्षी उम्मेदवारहरुले सरोकारवाल दलबाट टिकट नपाएमा दल नै परिवर्तन गर्ने हल्ला पनि त्यति नै चलेको छ ।
०७४ लाई फर्केर हेर्दा
तर ०७४ को नतिजालाई आधार मान्ने हो भने अहिले मधेसवादी दल र नेपाली काँग्रेसवीच तीब्र प्रतिस्पर्धा हुने देखिन्छ ।
जनकपुरधाम उपमहानगरको नगरप्रमुखमा लालकिशोर साह निर्वाचित भएका थिए भने दोश्रो स्थानमा मनोजकुमार साह सुडी थिए । त्यस्तै जनकपुरधाम उपमहानगरको नगर उपप्रमुखमा रिताकुमारी मिश्र निर्वाचित भएका थिए भने निलम देवी कर्ण दोश्रो स्थानामा थिए ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ मा तत्कालिन राजपाबाट शत्रुधन साह ७५३ मतमा निर्वाचित भएका छन् भने दोश्रो स्थानमा काँग्रेसले ७३० मत ल्याएका थिए । जउमनपा वडा नम्बर २ मा स्वतन्त्र शिवकुमार साहले २५२ मतमा निर्वाचित भए भने काँग्रेसले २४० मत प्राप्त गरेको थियो । त्यस्तै जउमनपा वडा नम्बर ३ मा राजपाबाट दिपेन्द्रकुमार साहले २२७ मतमा निर्वाचित भए भने काँग्रेसले १४८ मत, जउमनपा वडा नम्बर ४ मा राजपाबाट सुदर्शन सिंहले १५४१ मतमा निर्वाचित भए भने काँग्रेसले ५७१ मत पाएका थिए । त्यस्तै जउमनपा वडा नम्बर ५ मा काँग्रेसबाट मनोजकुमार साहले १५९ मतमा निर्वाचित भए भने राजपाले १३० मत ल्याएका थिए, जउमनपा वडा नम्बर ६ जगरनाथ साह राजपाबाट ५४१ मत ल्याएर निर्वाचित भए भने काँग्रेसले ३९३ मत ल्याए ।
त्यस्तै जउमनपा वडा नम्बर ७ मा राजपाबाट जानकीराम साहले ८३४ मत ल्याएर निर्वाचित भए भने काँग्रेसले ५३८ मत प्राप्त, जउमनपा वडा नम्बर ८ मा काँग्रेसका परमेश्वर साहले ४५१ मत ल्याएर निर्वाचित भ एभने राजपाले ३४६ मत प्राप्त गरे, जउमनपा वडा नम्बर १० मा काँग्रेसका मिथिलेशकुमार कर्णले ४३३ मतबाट निर्वाचित भए भने राजपाले ३१७ मत प्राप्त गरे, जउमनपा वडा नम्बर ११ मा राजपाबाट रामचन्द्र साह ६५५ मतले निर्वाचित भए भने काँग्रेसले ३३८ मत प्राप्त, जउमनपा वडा नम्बर १२ मा काँग्रेसबाट शत्रुधन यादव ३६१ मत ल्याएर निर्वाचित भ एभने स्वतन्त्र उम्मेदवारले २५२ मत प्राप्त गरेका थिए । त्यस्तै जउमनपा वडा नम्बर १३ मा शुभनारायण मण्डल एमालेबाट ५८७ मत ल्याएर निर्वाचित भए भने काँग्रेसले ४१९ मत प्राप्त गरे, जउमनपा वडा नम्बर १४ मा राजपाबाट ७३९ मत ल्याएर पुण्यप्रताप यादव निर्वाचित भए भने काँग्रेसले ३४७ मत ल्याएका थिए । त्यस्तै जउमनपा वडा नम्बर १५ मा काँग्रेसबाट अशोककुमार चौधरीले ६२८ मत ल्याएर निर्वाचित भए राजपाले ५१८ मत ल्याएका थिए । जउमनपा वडा नम्बर १६ मा राजपाबाट रामअशिष पञ्जियारले १०४६ मतबाट निर्वाचित भए भने काँग्रेसले ८७४ मत ल्याएका थिए । जउमनपा वडा नम्बर १७ मा संघीय समाजवादीबाट परमेश्वर यादवले १०५२ मत ल्याएर निर्वाचित भए भने माओवादीले ७४५ मत प्राप्त गरे, जउमनपा वडा नम्बर १८ मा संघीय समावादीबाट रामशंकर पासमान ७८९ मतबाट निर्वाचित भए भने एमालेले ५६१ मत प्राप्त गरेका थिए । जउमनपा वडा नम्बर १९ मा संघीय समाजवादीबाट जगदीश यादव ८८७ मतबाट निर्वाचित भए भने एमालेले ८८१ मत प्राप्त गरे, जउमनपा वडा नम्बर २० मा राजपाबाट भोगेन्द्र झाले ७३२ मत ल्याएर निर्वाचित भए भने काँग्रेसले ६९९ मत प्राप्त गरे, जउमनपा वडा नम्बर २१ मा एमालेबाट रामेश्वर महासेठले ८८६ मत ल्याएर निर्वाचित भए भने काँग्रेसले ८३२ मत प्राप्त गरे, जउमनपा वडा नम्बर २२ मा राजपाका शिवरत्न पाण्डेले ४९१ मत ल्याएर निर्वाचित भए भने २१३ मत प्राप्त गरे, जउमनपा वडा नम्बर २३ मा काँग्रेसबाट शत्रुधन पाण्डेयले ८५४ मत ल्याएर निर्वाचित भए भने ७२६ मत प्राप्त गरे, जउमनपा वडा नम्बर २४ मा राजपाबाट सत्यनारायण तेलीले ८५४ मत ल्याएर निर्वाचित भए भने ७२६ मत ल्याएका थिए भने जउमनपा वडा नम्बर २५ मा काँग्रेसका उमेश यादव ७७१ मत ल्याएर निर्वाचित भएका थिए भने स्वतन्त्र उम्मेदवारले ४९३ मत प्राप्त गरेका थिए ।साभार डेली एक्सप्रेस
Discussion about this post