जनकपुरधाम, चैत १२ गते
स्थानीय तहको निर्वाचनको मिति नजिकिएसंगै उम्मेदवार बन्नका लागि होडवाजी शुरु भएको छ । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनकालागि जनकपुरधाम उपमहानगरपालिकामा चुनावी सरगर्मी बढेको छ । निर्वाचन आउन डेढ महिना बाँकी हुँदा जनकपुरधाममा चुनावी माहोल तातिएको हो ।
राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु आफ्नो पालिकामा सम्भावित उम्मेदवार बन्न चासो देखाउँदै विभिन्न समाजिक कार्यमा समेत जुट्न थालेका छन् । ‘आगामी निर्वाचनमा कुन पार्टीबाट को उम्मेदवार बन्ने, कस्तालाई भोट दिने ?’ लगायतका सवालमा अहिले जताततै चर्चा परिचर्चाको विषय बनेको छ । खास गरी कुन पार्टीले कस्ता व्यक्तिलाई उम्मेदवार बनाउलान् भन्ने विषयमा कसरत जोडतोडका साथ चलिरहेको छ ।
स्थानीय चुनावका लागि कुनै दलहरूले उम्मेदवारको नाम सार्वजानकि नगरे पनि सम्भावित उम्मेदवारको चर्चा भने भइरहेको छ । नगर प्रमुख कतिको नाम चर्चामा आइरहेको बेला उप प्रमुखमा महिलाहरुको समेत नाम चर्चामा आउन थानेका छन् ।नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी लगायतका दलले कसलाई टिकट दिने भन्ने सवालमा अहिले चर्चा हुन थालेको हो ।जनकपुरधाम उपमहानगरपालिकाका लागी उपप्रमुखमा नेपाली कांग्रेसबाट रुणा झा र सम्झना वर्माको नाम अग्रपंक्तिमा चर्चामा रहेको छ ।
नेपाली कांग्रेसबाट जनकपुरधाम उपमहानगरको सम्भावित उपप्रमुखको अकांक्षी उम्मेदवार रहेकी रुणा झाले पार्टीले अवसर दिए त्यसलाई सहर्ष स्वीकार गर्ने बताउँछिन् । आफूलाई पार्टीले अवसर दिए ईमान्दारिता पुर्वक जनताकालागि काम गर्ने झाले बताइन् । ऐतिहासिक तथा धार्मिक नगरी जनकपुरधामको विकासका लागी जनताले एक असल नेतृत्व खाजेको हो र मलाई विश्वास छ जनताले सहि नेतृत्व रोजने हो । अबको स्थानीय निर्वाचनमा भोट दिँदा हाम्रो समस्या बुझ्न सक्ने नेता ठम्याउनु पर्छ ।’ स्थानीय तहलाई धेरै अधिकार दिइएकाले अब त्यसलाई उपयोग गर्न सक्ने व्यक्ति प्रतिनिधि भएर आउनुपर्ने उनी बताउँछिन । उनी भन्छिन्‘इमानदार, चरित्रवान् र पढेलेखेका मान्छे चुनिनुपर्छ ।’
झा अहिले नेपाली कांग्रेसका प्रदेश महाधिवेशन प्रतिनिधि हुन ।
मधेश आन्दोलमा सक्रिय भूमिका निर्वाह गरेकी लोसपाबाट नेतृ विभा ठाकुरको उप प्रमुखमा सर्वत्र चर्चाको विषय बनेको हो । लामो समयदेखी मधेशवादी दलमा रहि संघर्ष गर्दै आइरहेकी छन् । नेतृ ठाकुर भन्छ्नि लामो समयदेखी पार्टी र समाजका लागी संघर्ष गर्दै आइरहेको बताउँछिन। म जनतामा आउन चान्छु र कुनै पनि हालतमा चुनाव लड्ने बताइन ।
जनता समाजवादीबाट उपप्रमुखमा दईजना दावेदारी गरिरहेका छन् । मधेश प्रदेशका पुर्व आन्तरिक तथा कानून मन्त्रीका श्रीमती रिता यादव र पार्टीका प्रदेश समिति सदस्य ममता मिश्र पाठक हुन । हालसम्म नेकपा एमाले , नेकपा समाजवादी, नेकपा माओवादी लगायतको दलबाट उपप्रमुखमा कतै बाट चर्चामा छैन ।
Discussion about this post