जनकपुरधाम, चैत १९ गते
धार्मिक, सांस्कृतिक, समाजिक तथा खेलकुदको क्षेत्रमा स्थापना कालदेखी निरन्तर रुपमा कार्य गर्दै आइरहेको जनकपुरधामको स्थापित श्री राम युवा कमिटीको निर्वाचन अधिकृतमा उमेश साहलाई चयण गरेको छ । आज कमिटीको बसेको ७१ औं साधारसभाबाट सर्वसम्मतले निर्वाचन अधिकृतमा साहलाई चयण गरेको हो । नेपाल पत्रकार महासंघ धनुषा शाखाका पुर्व अध्यक्ष तथा राम युवा कमिटीका पुर्व निर्देशक समेत रहेका साहलाई निर्वाचन अधिकृतमा चयण गरेको कमिटीका संरक्षण समितिका संयोजक प्रमोद कुमार चौधरीले जानकारी दिएका छन् । आउँदो बैशाख ३० गते हुने लागेको स्थानीय निकायको निर्वाचन पछि कमिटीको निर्वाचन गराउन साहलाई सर्वसम्मतबाट निर्वाचन अधिकृतमा चयण गरेको हो । कमिटीको निर्वाचन अधिकृतमा साह चयण भएपछि विभिन्न पार्टीका नेता कार्यकर्ता र आफन्त, शुभेच्छुकहरुले फोन र समाजिक संजाल मार्फत बधाई तथा शुभकामना समेत दिदै आइरहेका छन् ।अधिकृत साह विभिन्न सामाजिक संस्थामा आवद्ध छ ।
Discussion about this post