जनकपुरधाम, बैशाख २ गते
आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनकालागि देशै भरी चुनावी सरगर्मी दिन प्रति दिन बढदै गइरेको छ । निर्वाचनको समय अब २७ दिन मात्र बाँकी हुँदा धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा समेत चुनावी माहोल तातिएको हो । ‘आगामी निर्वाचनमा कुन पार्टीबाट को उम्मेदवार बन्ने, कस्तालाई भोट दिने ?’ लगायतका सवालमा अहिले जताततै चर्चा परिचर्चाको विषय बनेको छ । खास गरी कुन पार्टीले कस्ता व्यक्तिलाई उम्मेदवार बनाउलान् भन्ने विषयमा कसरत जोडतोडका साथ चलिरहेको छ । चुनावको चहलपहल शुरू भए संगै गाउँपालिका अध्यक्ष पदका लागी नेता कार्यकर्ता समेत दौडधुप शुरू गरेका हुन। मुखियापट्टी मुसहरनिया गाउँपालिकामा नेपाली कांग्ेसबाट ३ जना आकांक्षी मध्ये विश्नाथ यादवको नाम बढि चर्चामा छन् । नेपाली कांग्रेसका मुखियापट्टी गाउँपालिकाका सभापति समेत रहेका यादव बलियो उम्मेदवार रहेको गाउँपालिकाबासी बताउँछन् । गाउँपालिकामा कुनै पनि समस्या र जनताको सेवामा सधै साथ दिने गरेको यस पटक यादवलाई नै सहयोग गर्ने स्थानीयबासी बताउँछन् ।
निर्वाचन सम्बन्धमा सञ्चारकर्मीहरुले कुराकानी गर्दा गाउँपालिकाका अध्यक्ष पदका प्रत्यासी उम्मेदवार रहेका यादवले यो गाउँपालिका देशकै तल्लो गाउँपालिका हो । चुनावभन्दा अगाडि नै मुलुकको राजनीति तरङ्गित छ । निर्वाचन नजिकिँदै गर्दा चुनावी चहलपहल बढ्नु स्वाभाविक नै हो । स्थानीय तहमा स्थानीय तहको उम्मेदवारहरू बन्नको लागि आ–आफ्नो ठाउँबाट सबै राजनीतिक दलहरू लागेका छन् । घर घर जाऔं कांग्रेस जिताउ घरदैलो अभियान पनि जारी हाम्रो छ । उनी यसपटकको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारको जित सुनिश्चित रहेको दाबी गरिएको छ । उनले कांग्रेसबाट तिनजनाको दावेदारी रहेपनि पार्टीले अन्तोगत्वा आफूलाई नै टिकट दिने विश्वाससमेत व्यक्त गरेका छन् । गाउँपालिकालाई नजिकबाट नियालेको कारण पालिकालाई हाँक्ने मेरा पनि सपना छन् । आउने दिनमा सबैको चाहना र इच्छालाई मध्यनजर गर्दै पालिकाको अध्यक्षमा उम्मेवारी दिने लागेको उनले बताए । आम नागरिकको घर आँगनका समस्या बुझन हामी घर दैलौ अभियान पनि सुरु गरिसकेको छु ।
सडकको निर्माण तथा स्तरोन्नति, कतिपय ठाउँमा खानेपानीलगायतका पूर्वाधारसँग सम्बन्धित काममा उल्लेखनीय सुधार गर्ने उनले प्रतिवद्धता जनाए । त्यति मात्र होइन सामाजिक विकासमा स्वास्थ्य, शिक्षा र कृषि,आर्थिक विकास सँगसँगै हामीले सीप विकास, उद्यमशीलता विकासको क्षेत्रमा पनि काम गर्ने छौं । युवा तथा महिलाको क्षमता, सीप र उद्यमशीलता विकासमा जोड दिने छौं ।
‘जनताले पहिल्यैदेखि विश्वनाथ आउनुपर्थ्यो भन्ने चाहना व्यक्त गरेका रहेछन् । मैले बल्ल बुझ्दै छु,’ उनले भने । विकासको प्रचुर सम्भावना भएकाले एउटा नयाँ मोडेल प्रस्तुत गर्न आफू उम्मेदवार बन्न लागेको यादवको भनाइ थियो । उनले भने, ‘मेरो प्रतिस्पर्धी यहाँ कोही छैनन् ।’आफूले मुखियापट्टी मुसहरनीया गाउँपालिकाका लागि गरेको योगदानको जनताले अवश्य मूल्यांकन गर्ने भन्दै उनले अब यहाँ विकास र समृद्धिको यात्रा सुरु हुने बताए । ‘यहीँको जनताले मलाई नेता बनाएको हो, त्यो ऋण तिर्ने मेरो जिम्मेवारी छ,’ यादवले भने ।यादवले मुखियापट्टीको समग्र विकासका लागि आफ्नो उम्मेदवारी रहने दाबी गरे ।उनले पार्टीभित्र आफ्नो कार्यक्षमताको मूल्यांकन भई पार्टीले टिकट आफूले नै दिने विश्वास व्यक्त गरेका छन् । उनले स्थानीय जनताको साथ, समर्थन र सहयोग प्राप्त भए आफूले आगामी पाँच वर्षमा आमूल परिवर्तन गर्ने दाबी गरे ।यादवले विगत पाँच वर्षमा यस ठाउँले खासै कुनै प्रगति गर्न नसकेको बताउँदै शिक्षा, स्वास्थ्यलगायत अधिकांश क्षेत्रको अवस्था अझै पनि जर्जर रहेको दाबी गरे ।
Discussion about this post