जनकपुरधाम, बैशाख ७ गते
आज नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता विरोध प्रदर्शन गरेको छ । गठबन्धनको विरोधमा आज साँझ जनकपुरधाममा नेपाली कग्रेसका नेता तथा कार्यकर्ताहरु विरोध प्रदर्शन गरेका हुन ।
आसन्न स्थानीय तह निर्वाचनका लागि सत्तारूढ दलहरुबीच जनकपुरधाम उपमहानगरपालिकाको नेतृत्व जनता समाजवादी पार्टी नेपाललाई दिने निर्णय गरेसँगै जनकपुरधाममा काँग्रेसका नेता कार्यकर्ताहरु आक्रोशित भएका छन् ।गठबन्धनले पार्टी कार्यकर्ताहरुको भावनासँग खेलवाड गरेको भन्दै उनीहरुले टायर बालेर सभापति शेरबहादुर देउवा र गठबन्धनबिरुद्ध नारावाजी गरेका छन् ।उनीहरुले नेपाली कांग्रेस जिन्दावाद, शेरबहादुर देउवा मुर्दावाद, मधेशको दलालसँग गठबन्धन गर्न पाइँदैनलगायतका नारासमेत लगाएका थिए ।कांग्रेस जनकपुरधामका नगर कोषाध्यक्ष वीरेन्द्र यादवले जनकपुरधाममा नेपाली कांग्रेस एक्लै चुनाव लड्न सक्ने अवस्थामा रहेपनि यो पालिका अन्य दललाई दिनु निन्दनीय रहेको बताए ।केन्द्रिय गठबन्धनले पार्टीका स्थानीय नेता कार्यकर्ताको भावनासँग खेलवाड गरेकोले आफूहरु बिरोधमा उत्रेको यादवले बताए ।
Discussion about this post