जनकपुरधाम, बैशाख ७ गते
गठबन्धनको बैठकबाट जनकपुरधाम उपमहानगरपालिका जसपाको भाग परेको समयमा नेपाली कांग्रेसको नगर समितिले नगरप्रमुखका लागि ३ जनाको नाम सिफारिश गरेको छ । बुधबार बसेको नेपाली कांग्रेस नगर समितिको बैठकबाट नगरप्रमुख र उपप्रमुखका लागि नाम सिफारिश गरेको हो ।
नेपाली कांग्रेस जनकपुरधाम नगर कार्यसमितिले नगरप्रमुख पदमा मनोजकुमार साह, किशोरी साह र राकेश बिक्रम साह को नाम सिफारिस गरेका छन् । त्यस्तै उपप्रमुख पदमा इन्दिरा चौधरी, रुना झा र शान्ति बिष्ट घिमिरे को नाम सिफारिस गरिएको नगर सचिब लालबाबु मिश्रले बताए।
यता जनकपुरधाम उपमहानगरपालिका जसपाको भाग परेको विषयको कडा बिरोध गर्ने बैठकबाट निर्णय समेत गरिएको छ ।
Discussion about this post